सुन प्रकरण : भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बित « Khabarhub

सुन प्रकरण : भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बित


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुन बरामद प्रकरणमा मुछिएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका अधिकृतसहित तीन जना कर्मचारी निलम्बनमा परेका छन्। 

हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीनै जनालाई निलम्बन गरिएको हो।

भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।  सुनको भन्सार पासमा उनीहरूको संलग्नता देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जनाएको छ ।

भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले उक्त सुन बरामद गरेको थियो।

यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  २ : ३६ बजे

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि