‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’ « Khabarhub

‘आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजान नदेऊ’


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ– युरोपेली सङ्घ र अन्य तीन देशसहित सात राष्ट्रको समूहले चीनलाई आफ्नो जलक्षेत्रबाट इन्धन उत्तर कोरिया लैजाने अनुमति खारेज गर्न आग्रह गरेको छ । 

संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरूको अवहेलना गर्दै उत्तर कोरियामा इन्धन लैजाँदै गरेको देखिएकाले तेल बोकेका ट्याङ्करलाई आफ्नो जलक्षेत्रबाट हटाउन ती देशले चीनलाई आग्रह गरेका हुन् । 

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका राजदूतहरूले संयुक्त राष्ट्र संघका लागि चीनका राजदूत झाङ जुनलाई सम्बोधन गर्दै लेखेको पत्रमा चीनको जलक्षेत्रबाट इन्धन आपूर्ति भइरहेकाले त्यसलाई रोक्न आफ्नो सरकारसँग अनुरोध गर्न आग्रह गरिएको छ । 

युरोपेली सङ्घ, दक्षिण कोरिया, अष्ट्रेलिया र न्यजिल्याण्डका राजदूतहरूले पनि पत्रमा हस्ताक्षर गरेका छन् । चिनियाँ राजदूतलाई पत्र पठाइएको भएपनि त्यसको पुष्टि नभएको स्रोतले जनाएको छ । पत्रमा चीनको जलक्षेत्रमा ट्याङ्करहरूको उपस्थिति र आवागमनलाई उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धको पालनाको अनुगमन गर्ने राष्ट्रसङ्घको विज्ञ समूहले अवलोकन गरेको उल्लेख गरिएको छ । 

सन् २००६ देखि संयुक्त राष्ट्रसङ्घले क्षेप्यास्त्र प्रक्षेपण र आणविक कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ । २०१७ मा प्योङयाङ उपर कच्चा तेल आयातलगायत थप प्रतिबन्ध लागेको छ । 

यसैबीच, अमेरिकाले चीन र रसियाको समर्थनमा उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने उत्तेजनात्मक गतिविधिलाई निरन्तरता दिएको आरोप लगाएका छन् । चीन र रुसले प्योङयाङमा नयाँ प्रतिबन्ध लगाउने प्रस्तावमाथि भिटो गरेर सुरक्षा परिषद्को एकता पनि खलबल्याएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ३ : ०० बजे

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि