सत्ता साझेदार कांग्रेसकै भातृ संगठनका अध्यक्षले मागे गृहमन्त्रीको राजीनामा « Khabarhub

सत्ता साझेदार कांग्रेसकै भातृ संगठनका अध्यक्षले मागे गृहमन्त्रीको राजीनामा


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका अध्यक्ष विद्वान गुरुङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् ।

४१औं बिपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले देशको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा गृहमन्त्रीको मातहतमा हुने र गृहमन्त्रीलाई थाहा नै नभइकन त्यत्रो परिणामको सुन बाहिर आउन नसक्ने बन्दै उनको राजीनामा माग गरेका हुन् ।

‘अन्तर्राष्ट्रिय विमानस्थलबाट एउटा सियो पनि छिर्न सक्दैन । नेपाली युवाहरू विदेशबाट आउँदै गर्दा एउटा मिठाइको पोको ल्याउन पाउँदैनन् । एउटा मोबाइल हातमा लिएर छिराउन सक्दैनौं’ उनले भने, ‘विश्वले नै थाहा पाउने गरी नेपालको यती ठूलो बदनाम भएको छ । डेढ सय किलो सुन एयरपोर्टबाट बाहिरिँदै गर्दा राजश्व अनुसन्धान विभागले बाटोमा पक्रँदै गर्दा विश्वले नेपालको एयरपोर्टमा कस्तो सुरक्षा छ र कति भ्रष्ट छन् भन्ने कुराले बदनाम भएको छ । यसको जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’

उनले यस प्रकरणको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : १९ बजे

नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना

बाँके– बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म पानी पुर्‍याउन शाखा

आईसीसीमाथि प्रश्न- वरीयताको अन्तिम निर्णय कसरी स्वीकार्य हुन्छ ?

काठमाडौँ – एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत क्वाटरफाइनलका चार

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका