काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु  | Khabarhub Khabarhub

काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु 


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नंको बसले बा५६प ३४५२ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे घर भई हरिसिद्धि बस्ने मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेका ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आज भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौँ महानगरपालिका–३१ शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नंको टेम्पुको ठक्करबाट पैदलयात्री मकवानपुर थाहा नगरपालिका–१ घर भई काठमाडौँको शान्तिनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ । 

हिजो साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पताल बानेश्वर हुँदै बिएन्डबी अस्पतालमा थप उपचारका क्रममा मृत्यु भएको हो । टेम्पुको ठक्करबाट घाइते भएका अन्य दुई पैदलयात्रीमध्ये एक जनाको केएमसी अस्पताल सिनामंगल र एक जनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पु चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ३२ बजे

प्रतिनिधि सभा बैठक, कांग्रेस सांसदले नाराबाजी गर्दै वेल घेराउ गरे

काठमाडौं- लामो विवाद र गलफत्तीबीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ

काेशीमा संघीयता कार्यान्वयन परीक्षणकालमै छ : सभामुख बिष्ट

विराटनगर – प्रदेश सभाका सभामुख अमर बिष्टले संघीयता कार्यान्वयनमा अहिले

कांग्रेसको आरोप : सत्ता पक्षका नेता बाटोमै कुरा फेर्न थाले, एमालेले चलखेल गर्‍यो

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूले सत्ता पक्षीय दलहरूले बाटोमै

सहकारी प्रकरणमा बन्धक संसद् : छानबिन समितिको कार्यादेशमा कुरो नमिल्दा भाँडियो सहमति

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सत्तापक्ष सहकारी ठगी प्रकरणमा संसदीय