ड्रोनमार्फत पाकिस्तानबाट भारततर्फ लागूऔषधको तस्करी बढ्दै, झण्डै अढाई किलो हेरोइन बरामद « Khabarhub

ड्रोनमार्फत पाकिस्तानबाट भारततर्फ लागूऔषधको तस्करी बढ्दै, झण्डै अढाई किलो हेरोइन बरामद


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पछिल्लो समय पाकिस्तानबाट चालकरहित हवाई उपकरण ड्रोनमार्फत भारततर्फ लागूऔषधको तस्करी बढ्न थालेको पाइएको छ । हालै भारतीय सुरक्षा बलले भारतको पञ्जाब राज्यमा पाकिस्तानी सीमानजिकै ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेको छ ।

पाकिस्तानी ड्रोनले झण्डै अढाई किलो लागूऔषध हेरोइन भारतीय भूमिमा खसालेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

पञ्जाब राज्यको त्रण तरण जिल्लामा भारतीय सुरक्षाकर्मीले पाकिस्तानी ड्रोनबाट खसालिएको हेरोइन बरामद गरेका हुन् । सीमा सुरक्षार्थ खटिएका भारतीय सुरक्षाकर्मीले हेरोइन खसालिरहेको ड्रोनको आवाज सुनेको र तत्काल खोजी अभियान सञ्चालन गरी उक्त परिमाणको लागूऔषध बरामद गरेको जनाइएको छ ।

खोजी अभियानका क्रममा कलासियन खुर्द गाउँको खेतमा २ किलो ३५० ग्राम हेरोइन बरामद गरेका थिए । पाकिस्तानबाट पछिल्लो समय ड्रोनको प्रयोग गरी भारततर्फ लागूऔषधको तस्करी बढ्दै गएको बताइन्छ । भारतीय सुरक्षाकर्मीले बेला बेला पाकिस्तानी भूमिबाट ड्रोनमार्फत भारततर्फ तस्करी गरिएका लागूऔषध बरामद गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ६ : ५४ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो