युक्रेनी सेनाको आक्रमणमा रूसी पत्रकारको मृत्यु « Khabarhub

युक्रेनी सेनाको आक्रमणमा रूसी पत्रकारको मृत्यु


६ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ । झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए।

आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ । झुरावलेभकोे युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको उल्लेख गरिएको छ ।

रूसी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युक्रेनी सेनाले ‘क्लस्टर’ हतियार प्रयोग गरी गरेको आक्रमणका कारण चार जना पत्रकार घाइते भएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “उद्धारका क्रममा आरआईए नोभोस्तीका पत्रकार रोस्तिस्लाभ झुरावलेभको क्लस्टर युद्धसामग्री विस्फोटका कारण भएको चोटका कारण मृत्यु भएको थियो ।” अन्य संवाददाताहरूलाई सामान्य चोट लागेको सेनाले बताएको छ ।

युक्रेनमा मस्कोको १७ महिनाभन्दा लामो आक्रमणका क्रममा रूसी युद्ध संवाददाताहरूको प्रभाव निकै बढेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८०, शनिबार  ८ : ३७ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट