कञ्चनपुरमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव | Khabarhub Khabarhub

कञ्चनपुरमा ‘लम्पी स्किन’ रोगविरुद्धको खोप अभाव


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको ग्रामीण क्षेत्रका पशुचौपायामा लम्पी स्किन रोगको समस्या फैलिरहँदा खोपको अभाव देखिएको छ । नौवटै स्थानीय तहका पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण दिनहुँ बढिरहेको भए पनि त्यसविरुद्ध लगाइने खोपको अभाव छ ।

केही महिनायता पशुचौपायामा लम्पी स्किन रोगको सङ्क्रमण बढ्दै गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख महेन्द्रराज पाण्डेयले जानकारी दिए । ‘हामीलाई खोपको अभाव छ, त्यसैले खोप लगाउन सकेका छैनौँ, कार्यालयमा आउने किसानलाई पशुमा देखिएको लक्षणका आधारमा औषधि दिइरहेका छौँ’, उनले भने, ‘सङ्क्रमित पशुको उपचार भइरहेको छ ।’

खोपको उपलब्धताका लागि पहल भइरहेको उनको भनाइ छ । सङ्क्रमणले पशुचौपाया मर्न थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । ‘ज्वरो आउने, र्‍याल बगाउने, शरीरमा गिर्खा आउने, खुर पाक्नेलगायत लक्षण देखिन्छन्, अन्तिममा पशुको मृत्यु हुन्छ’, भीमदत्त नगरपालिका–१३ का प्रमानन्द भट्टले भने, ‘यस्तै लक्षण देखिएपछि केही महिनाअघि ५० हजारमा किनेको भैँसी मर्‍याे, अहिले गोठ रित्तो छ ।’

भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार यहाँका करिब तीन हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण देखिएको छ ।

दैनिक २०–२५ पशुचौपायामा सङ्क्रमण देखिने गरेको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका निमित्त प्रमुख पाण्डेयले बताए ।

उनका अनुसार अहिलेसम्म जिल्लामा लम्पी स्किनको सङ्क्रमणका कारण दुई सय पशुचौपाया मरेका छन् । सबैभन्दा बढी भीमदत्त, बेदकोट र पुनर्वास नगरपालिकामा सङ्क्रमण देखिएको निमित्त प्रमुख पाण्डेयले बताए ।

गाईगोरुमा लम्पी स्किनको सङ्क्रमण देखिएसँगै मर्न थालेपछि किसान चिन्तित बनेका छन् । किसान बजारबाट खोप खरिद गरेर चौपायालाई लगाइरहेका छन् ।

‘लम्पी स्किनको सङ्क्रमण गाउँमा फैलिएको छ, यो सङ्क्रमणले चौपायाको मृत्यु भइरहेको सुनेपछि सुरक्षित राख्न पशुचौपायालाई खोप लगाएँ’, बेदकोट नगरपालिकाका मनोज जोशीले भने, ‘बजारमा खोप पाइँदैन, पाइहाले पनि निकै महँगो छ ।’

सङ्क्रमणविरुद्धको खोप महँगो हुनाले विपन्न किसानलाई लम्पी स्किनबाट पशुचौपाया जोगाउनै धौधौ परेको छ ।

लक्षण देखिएका पशुचौपायालाई छुट्टै ठाउँमा राखेर सरसफाइका साथै औषधोपचारमा विशेष ध्यान दिनुपर्नेमा पुनर्वास नगरपालिकाको पशु सेवा शाखा अधिकृत अनिता केसीले जोड दिइन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : २१ बजे

साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति

काठमाडौं– शंकर कोइरालाको डेब्यु निर्देशन रहेको फिल्म  ‘मोदीबेनी’ आगामी साउन

कांग्रेसले गृहमन्त्रीलाई कम्तीमा एक पटक संसद्‍मा बोल्न दिनुपर्छ : सन्तोष परियार

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नेपाली

१० महिनामा ६० प्रतिशत बजेट खर्च

काठमाडौं– चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६०

रमेश लेखक भन्छन् : संसद्‍मा राष्ट्रपतिको सम्बोधन सुन्छौँ, अरु विषयमा प्रवेश गर्न दिँदैनौँ

काठमाडौं- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी राष्ट्रपति रामचन्द्र

पूर्वराजा शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा सहभागी हुने

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाह जेठ ७ गते ललितपुरमा विशेष समारोहमा