भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया « Khabarhub

भारत–नेपालबीच एआई क्षेत्रमा सहकार्यका सम्भावनाबारे अन्तरक्रिया


३० जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं֬– नेपालस्थित भारतीय दूतावास र नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) ले संयुक्त रूपमा ‘उदीयमान प्रविधिमा भारत–नेपाल साझेदारी : कृत्रिम बुद्धिमत्ता (एआई) सहकार्यका द्विपक्षीय अवसरहरूको खोजी’ विषयक सेमिनार आयोजना गरेका छन्।

कार्यक्रममा व्यवसाय, सरकार, शैक्षिक क्षेत्र तथा स्टार्टअप समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले नेपाल र भारतबीच कृत्रिम बुद्धिमत्ता क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे छलफल गरेका थिए।

सेमिनारमा भारतको चर्चित एआई कम्पनी सर्भम एआईका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. प्रत्युष कुमारले मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए। सर्भम एआई भारत सरकारको इन्डिया एआई मिसनअन्तर्गत स्वदेशी आधारभूत एआई मोडेल विकासका लागि छनोट भएका १२ संस्थामध्ये एक हो।

उक्त संस्थाले २४६ करोड ७२ लाख भारतीय रुपैयाँ बराबरको वित्तीय तथा कम्प्युटिङ सहयोग प्राप्त गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआईसीसीआईका अध्यक्ष सुनिल केसीले नेपाल र भारतबीच प्रविधिमा आधारित आर्थिक सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औंल्याए।

उनले भारतीय एआई क्षेत्रलाई नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न तथा सार्वजनिक र निजी क्षेत्रसँग साझेदारी गर्न आग्रह गरे।

नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव (वाणिज्य) सुमन शेखरले नेपाल–भारतबीचको बलियो आर्थिक तथा व्यापारिक सम्बन्धबारे चर्चा गर्दै डिजिटल क्षमता अभिवृद्धि, स्टार्टअप प्रवर्द्धन र उदीयमान प्रविधिमा ज्ञान आदानप्रदानका साझा चासोहरू रहेको बताए।

उनले इन्डिया–नेपाल स्टार्टअप पार्टनरसिप नेटवर्क (आईएन–स्पान) कार्यक्रमको दोस्रो समूह १ जुन २०२६ देखि सुरु भएको जानकारी दिए।

यस अन्तर्गत नेपालका २५ वटा स्टार्टअपहरूले चेन्नईस्थित आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनमा आठ साताको पूर्ण छात्रवृत्तिसहितको प्रशिक्षण तथा नवप्रवर्तन कार्यक्रममा सहभागिता जनाइरहेका छन्।

पहिलो समूहका नौ स्टार्टअपले आईआईटी मद्रास इन्क्युबेसन सेल र आईआईटी मद्रास प्रवर्तक फाउन्डेसनबाट इन्क्युबेसनको अवसर प्राप्त गरेका थिए।

मुख्य वक्ता डा. कुमारले आफ्नो प्रस्तुतिमा ठूलो भाषा मोडेल (लार्ज ल्याङ्ग्वेज मोडेल) सहित एआईको तीव्र विकास र प्रारम्भिक चरणमा रहेका मुलुकहरूका लागि यसका प्रभावबारे चर्चा गरे।

उनले नयाँ दिल्लीमा सम्पन्न एआई इम्प्याक्ट समिट का अनुभव साझा गर्दै इन्डिया एआई मिसनका सात आधारस्तम्भहरू कम्प्युट, डाटासेट, नवप्रवर्तन, अनुप्रयोग विकास, भविष्यका सीप, स्टार्टअप वित्तपोषण तथा सुरक्षित र विश्वासयोग्य एआईबारे जानकारी गराए।

उनले दुर्गम तथा सेवा पहुँचबाट वञ्चित समुदायसम्म पुग्न भाषणलाई पाठमा रूपान्तरण गर्ने प्रविधिको उपयोगिता, डाटा सार्वभौमिकताको महत्त्व तथा स्वदेशी जनशक्ति विकासको आवश्यकतामाथि जोड दिए।

यसका साथै नेपालका स्टार्टअप र शैक्षिक संस्थाहरूले यस क्षेत्रमा अगाडि बढ्न सक्ने उपायहरू प्रस्तुत गर्दै संयुक्त अनुसन्धान र तालिम कार्यक्रममार्फत भारत–नेपाल सहकार्यलाई मूर्त रूप दिन सकिने बताए।

कार्यक्रममा उदीयमान प्रविधिमा भारत–नेपाल सहकार्य थप गहिरिँदै गएको विषय पनि उजागर गरिएको थियो।

हालै भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी) र काठमाडौं विश्वविद्यालयको डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स केन्द्र (डीपीआई–एआई) बीच भाषा एआई, बहुभाषिक डिजिटल सार्वजनिक पूर्वाधार तथा समावेशी डिजिटल प्रणालीको विकासका लागि सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

उक्त समझदारीपत्र भारतका विदेशमन्त्री डा. एस. जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालको उपस्थितिमा गत साता नयाँ दिल्लीमा आदानप्रदान गरिएको थियो।

भारतका डिजिटल इन्डिया भाषिनी डिभिजनका प्रमुख कार्यकारी अधिकृत अमिताभ नाग र काठमाडौं विश्वविद्यालयका एसोसिएट डिन प्राध्यापक बालकृष्ण बालले समझदारीपत्र आदानप्रदान गरेका थिए।

यसैबीच, १६ देखि २१ फेब्रुअरी २०२६ सम्म नयाँ दिल्लीस्थित भारत मण्डपममा सम्पन्न इन्डिया एआई इम्प्याक्ट समिट–२०२६ मा विश्वका १०० भन्दा बढी देशका प्रतिनिधिमण्डल सहभागी भएका थिए।

सम्मेलनले जिम्मेवार तथा समावेशी एआई शासनसम्बन्धी विभिन्न स्वैच्छिक मापदण्ड र प्रतिबद्धता अघि बढाउनुका साथै ९२ देश तथा अन्तर्राष्ट्रिय संस्थाले समर्थन गरेको साझा घोषणापत्र जारी गरेको थियो।

सम्मेलनका क्रममा एआई क्षेत्रमा २०० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी प्रतिबद्धता सार्वजनिक भएको थियो भने भारतको सार्वभौम कम्प्युट क्षमता विस्तार गर्दै विद्यमान ३८ हजार जीपीयूमा थप २० हजार जीपीयू थपिएको जानकारी पनि दिइएको थियो।

प्रकाशित मिति : ३० जेठ २०८३, शनिबार  ८ : ०७ बजे

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील

क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू

काठमाडौं – मध्यपुर थिमिको संस्कृति र सम्पदाको संरक्षण र प्रवर्द्धन

म्याच डे ४ः जापानले नेदरल्यान्ड्सलाई हराउन सक्ला ?

काठमाडौं – विश्वकप २०२६ अन्तर्गत ‘म्याच–डे ४’मा आइतबार नेदरल्यान्ड्सले एसियन

इरानले भन्यो : अमेरिकासँगको सम्झौतामा आइतबार हस्ताक्षर हुँदैन

काठमाडौं – इरानले अमेरिकासँगकाे प्रस्तावित शान्ति सम्झौतामा आइतबार हस्ताक्षर नहुने