जिम्बावेको निर्वाचन निष्पक्ष हुनेमा आशङ्का | Khabarhub Khabarhub

जिम्बावेको निर्वाचन निष्पक्ष हुनेमा आशङ्का


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

लामो समय सत्ता सम्हालेका रोबर्ट मुगावेको निधनपछि पहिलो पटक हुन लागेको आम निर्वाचनले जिम्बावेको माहौल तातेको छ। आम सर्वसाधारणको उत्सुकता बढ्दो छ। त्यस निर्वाचनले अन्य धेरै जनालाई जस्तो स्टार मुक्केबाज फ्लोयड म्याकवेदर जुनियरलाई पनि प्रभाव पारेको छ।

जिम्बावेको राजनीतिमा १ दशक प्रभाव जमाएका मुगावेलाई सन् २०१७ मा उनकै डेपुटी इमर्सन डामडुजो मङगवाले बर्खास्त गरेका थिए। त्यसको ६ वर्षपछि हुन लागेको आम निर्वाचनमा म्याकवेदरको पनि चासो रहेको छ। उनलाई पनि कतै अन्तिम समयमा निर्वाचन बिथोलिने त होइन भन्ने चिन्ता लागेको छ।

बुधवारको निर्वाचनमा सत्तारुढ जानु पीएफ पार्टीका उम्मेदवार वर्तमान राष्ट्रपति मङगवाले विपक्षी उम्मेदवार सिटीजन कोलिसन फर चेन्ज (सीसीसी)का नेल्सन चामिसाको सामना गर्ने छन्।

मतलाई सुरक्षित गर्नका लागि अनलाइनमा बढी चासो दिइएको छ। यसैगरी निर्वाचन आयोगले स्थानीय तहसम्म अधिकारीको जिम्मेवारी तोकिसकेको छ। निर्वाचनमा ६६ लाख २० हजार भन्दा बढी मतदानको हक पाएका छन्।

निर्वाचनलाई स्वच्छ बनाउन टिम पाचेडुले मन्डला भन्ने एपको प्रयोग गर्नेछ। जानु पीएफ लामो समय सत्तामा रहेका कारण विभिन्न शैलीले निर्वाचनको नतिजालाई प्रभाव पार्न सक्ने जोखिमको आकलन गर्दै सो नीति लिइएको हो।

‘पोलीङ स्टेसनबाट निर्वाचनको परिणाम ट्र्याक गर्ने यो एउटा प्रविधि हो। यसलाई अफिसियल नतिजासँग ट्याली गरिन्छ।’टिम पाचेडुका संयोजक तफाड्जा सम्बीरीले भनेका छन्। देश बाहिर रहेका अभियन्ताबाट सो समूह तयार भएको हो। जानुले निर्वाचनलाई निष्पक्ष गर्न सक्ने कुरामा धेरैको विमति रहेको छ।

पार्टीका प्रवक्ता क्रिस मुत्सभाङवाले पत्रकार सम्मेलनको आयोजना गर्दै दल निष्पक्ष निर्वाचनको पक्षमा रहे पनि कम सम्भावना रहेको बताएका छन्।

अहिले जिम्बावे सङ्कटमा छ। विदेशी मुद्रा सञ्चित छैन। संसारका धेरै देशमा जस्तो उत्पादनको कमी आउने सस्यमा जिम्बाबेमा पनि छ। यी सबै कारणले मङगवा अन्तर्राष्ट्रिय क्षेत्रको विश्वास जित्न चाहन्छन्। यस कारण

उनको चाहना निर्वाचनबाट जित प्राप्त गर्ने हो। २० वर्षदेखि अवरुद्ध रहेको प्रजातान्त्रिक प्रक्रियालाई अगाडि बढाएको सन्देश विश्व सामु दिने उनको चाहना हो। यसका लागि उनले निर्वाचने गर्न आटेका हुन्। तर, पराजित हुने सम्भावना देखिएको निष्पक्ष निर्वाचनको पक्षमा उनी रहने कुरामा भने धेरैको आशङ्का रहेको हो।

सत्तारुढ दलको आफ्नो पकेट क्षेत्र पनि छ।निर्वाचन अभियानको क्रममा यो देखिएको हो। प्याक गरिएको फ्राइड चिकेन र खानामा वितरण गरिएको सो कार्यक्रममा लाखौँ जनाको उपस्थिति थियो।

सन् १९८० मा जिम्बावे स्वतन्त्र भएयता जानु पीएफ सत्तामा छ। उसले जनतालाई सम्मान गर्ने बताउँदै मत खरिद गर्ने आशय नभएको जनाएको छ।

लामो यात्रा गरेर आउनेका लागि खाना र पान आवश्यक भएकाले सो दिइएको जनाएको पनि दलले जनाएको छ। गत महिना यस चुनावी अभियानमा म्याकवेदर पनि निजी विमानमै त्यहाँ पुगेका थिए। उनले निर्वाचनमा सक्रिय हुनका लागि जानुका सांसद मावभुकुलाई प्रेरित गरेका थिए। त्यही उनले राष्ट्रपतिलाई पनि भेट गरेका थिए। बक्सिङका केही कार्यक्रमहरू सकिए पछि उनले राष्ट्रपतिलाई भेटेका थिए। उनले राष्ट्रपतिलाई सहयोगका लागि अपिल पनि गरेका छन्।

मानव अधिकारकर्मीले यसका कारण त्यहाँको वातावरण भड्किने जनाएका छन्। यसले हिंसा भड्किन सक्ने चेतावनी दिइएको छ।

जिम्बावेको पिस प्रोजेक्टले तयार गरेको तथ्यांक अनुसार अगस्ट महिनामा ८४ वटा हिंसाका घटना भइसकेका छन्। एक पटक विपक्षी दल सीसीसीका कार्यकर्ताको निधन पनि भइसकेको छ।

निर्देशक जेस्टिना मुकाकोका अनुसार धेरै जसो हिंसाका घटनाहरू यातना दिने खालका थिए। केही अपहरणका घटना भए। प्राय यी सबै घटना कहीँ नै कहीँ निर्वाचनसँग सम्बन्धित थिए।

जानुलाई साथ दिन सो घटना भएको थियो। उनका अनुसार राज्य संयन्त्रको प्रयोग गरिएको छ। प्रदर्शनमा अवरोध सिर्जना गरिएको छ।

सीसीसीका कार्यकर्ताको निधनसमेत भएपछि प्रहरीले विपक्षीले निर्धारित समय र क्षेत्र भन्दा बाहिर कार्यक्रम गरेकाले हिंसा भड्किएको दाबी गरेको छ। चामिसाले निष्पक्ष निर्वाचन हुने कुरामा आफूलाई विश्वास नभए पनि उम्मेदवार भएको बताएका छन्।

उनले राज्यको सञ्चारमा सबै पार्टीको उपस्थिति नभएको गुनासोसमेत गरेका छन्। सञ्चार क्षेत्रको मनीटरिङ गर्ने एक संस्थाले सरकारी सञ्चार माध्यमले ६२ प्रतिशत स्थान सत्तारुढ दललाई दिएको जनाएको छ।

यो जिम्बावेको सबै भन्दा विवादित निर्वाचन हो। एक सय भन्दा बढी उम्मेदवार हुन अयोग्य भन्दै मुद्दा दर्ता भएका थिए। धेरै जसो विपक्षी उम्मेदवारविरुद्धमा यो भएको थियो।

मुभमेन्ट फर डेमोक्रेटिक चेनका नेता ठगदस मोरान्जाले अन्य दलले उनको दललाई पछ्याउनु उपयुक्त भएको बताउँदै राष्ट्रपतिलाई सहयोग हुने खालको सर्वेक्षणलाई बहिस्कार गर्नुपर्नेमा जोड दिन्छन्।

आफ्ना ८७ उम्मेदवारलाई अयोग्य घोषित गरिनुका बाबजुद सो दलले संसदीय निर्वाचनमा सहभागिता जनाएको छ।

उनले अन्तिम समयमा मतदान केन्द्र परिवर्तन गर्नुको उद्देश्य मतदाताले यसको जानकारी नपाउन् र धेरै मत खस्न नपाओस् भन्नुको खातिर भएको जनाएका छन्।

निर्वाचन सुपरीवेक्षण गरीरहेको क्रेडिबल भोटका संयोजक क्रिम्यान चारीले अहिले धेरै सत्ता पक्षीय पकेट क्षेत्रको मतदाता विपक्षीको पक्षमा लागि सकेको जनाएको छ। उनले केही स्थानको शङ्का लाग्दो नतिजा बाहिर ल्याइएको पनि बताएका छन्। पूर्वका केही स्थानमा उनले यो सम्भावना देखेका हुन्।

यी सबै आशङ्काका भएपनि टिम पाचेडुले आफ्नो काम गरिरहेको छ। पोलीङ स्टेसनमा उसले आफ्नो कार्यकर्ता परिचालन गरेको छ। यो एप डाउनलोड गर्न खुला गरिएको छ। उसले आफ्ना कार्यकर्तालाई सबै कुराको रेकर्ड राख्न लगाएको छ।

सिम्बीरीले नतिजाको सिधै ट्रयाक गरिएको बताउँदै सन् २०१८ मा जस्तो मानिस सडकमा भीड हुने र ज्यान जान नहुने कुरामा जोड दिएकी छन्।

चामिसाको घोषणापत्रले ‘अ अन्य ग्रेट जिम्बावे’ नारा अघि सारेको छ। यसले नै सङ्कटमा परेको जिम्बाबेको अर्थतन्त्र उकास्ने अपेक्षा गरिएको छ। स्रोतः बीबीसी

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  १० : ०४ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय