नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस | Khabarhub Khabarhub

नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ ।

पार्टीको आन्तरिक विशेष अभियान सम्पन्न भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीमा भित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथिल भएको महसुस गर्न थालेको पाइएको जनाएको हो ।

अभियानका क्रममा विपक्षीहरुले फैलाएका राजनैतिक एवं अन्य विभिन्न भ्रमहरु चिर्दै कांग्रेसले लिएको नीतिका कारण निर्वाचनमा पहिलो पार्टी बनेको यथार्थ विवरण पार्टीका जिल्ला मातहतमा बुझाउने काम भएको कांग्रेस सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका प्रमुख मीन विश्वकर्माले बताए ।

आफू विजयी बन्न कोशिस गर्दा त्यसबाट उत्पन्न हुने विभिन्न समूह उप–समूहको निरन्तरता र अस्वस्थ प्रतिस्पर्धाले दल संचालनमा देखिने असंगठित गतिविधि र चुनौतिहरु साँच्चै जटिल बन्दै गएको वास्तविकता प्रकट भएको उनले बताए ।

उनले कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा अन्तरकलह, साँगठानिक अव्यवस्था र नेतृत्वको वेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरुको बुझाइरहेको पनि बताए ।

विश्वकर्माले पार्टीबारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा यसले पार्टी पंक्तिमा निराशा फैलिएको अवस्थामा अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको दाबी गरे ।

उनले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायमा कांग्रेस कार्यक्रम स्थगित भएको जानकारी पनि दिए ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले श्रावण २० देखि ३० गते सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरे बमोजिम प्रतिनिधिसभा र प्रदेश सभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ५९ बजे

घाइते नेइमार ब्राजिलको विश्वकप छनोटमा नखेल्ने

एजेन्सी– ब्राजिलका स्टार स्ट्राइकर नेयमार जाँघको चोटका कारण सन् २०२६

शिक्षकका माग शीघ्र सम्बोधन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकका

सुनकुडा क्याम्पसका निर्वाचन अधिकृत स्याडालाई पदमुक्त गर्न माग

काठमाडौं– नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनहरूले

कोरला नाकामा आन्तरिक पर्यटकको आकर्षण

मुस्ताङ– पछिल्लो समय नेपाली स्वदेशी पर्यटकका लागि उत्तरी चीनको स्वशासित

देशको ५१ प्रतिशत जनसङ्ख्या खना पकाउन दाउरामा निर्भर (तस्बिरहरू) 

काठमाडौं– देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा