नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस « Khabarhub

नेतृत्वविरुद्ध भ्रम फैलिएका कारण पार्टी कमजोर भयो : कांग्रेस


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण पार्टी कमजोर वा शिथिल भएको महशुस आम जनता तथा कार्यकर्ताले गर्न थालेको निष्कर्ष निकालेको छ ।

पार्टीको आन्तरिक विशेष अभियान सम्पन्न भएपछि मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले पार्टीमा भित्र र बाहिरबाट फैलाइएका नीति र नेतृत्व विरुद्धका भ्रम र आरोपका कारण जनस्तरमा भ्रम एवं गहिरो अन्यौलता सृजना भएको र यसैका कारण पार्टी कमजोर वा शिथिल भएको महसुस गर्न थालेको पाइएको जनाएको हो ।

अभियानका क्रममा विपक्षीहरुले फैलाएका राजनैतिक एवं अन्य विभिन्न भ्रमहरु चिर्दै कांग्रेसले लिएको नीतिका कारण निर्वाचनमा पहिलो पार्टी बनेको यथार्थ विवरण पार्टीका जिल्ला मातहतमा बुझाउने काम भएको कांग्रेस सूचना, सञ्चार तथा प्रचार प्रसार विभागका प्रमुख मीन विश्वकर्माले बताए ।

आफू विजयी बन्न कोशिस गर्दा त्यसबाट उत्पन्न हुने विभिन्न समूह उप–समूहको निरन्तरता र अस्वस्थ प्रतिस्पर्धाले दल संचालनमा देखिने असंगठित गतिविधि र चुनौतिहरु साँच्चै जटिल बन्दै गएको वास्तविकता प्रकट भएको उनले बताए ।

उनले कांग्रेस पछाडि पर्नु वा अपेक्षित परिणाम ल्याउन नसक्नुमा अन्तरकलह, साँगठानिक अव्यवस्था र नेतृत्वको वेमेल नै प्रमुख कारण रहेको विभिन्न तहका नेताहरुको बुझाइरहेको पनि बताए ।

विश्वकर्माले पार्टीबारे सार्वजनिक स्थल वा जथाभावी मनोमानी विचार, धारणा वा टिप्पणी राख्ने प्रवृति बढ्दा यसले पार्टी पंक्तिमा निराशा फैलिएको अवस्थामा अभियानले यस्ता गतिविधिलाई व्यवस्थित गर्दै पार्टी पंक्तिमा उत्साह भर्ने काम गरेको दाबी गरे ।

उनले अविरल वर्षा, बाढीपहिरो, डेंगी र आँखा पाक्ने रोगले समुदाय नै प्रभावित भएकाले भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायमा कांग्रेस कार्यक्रम स्थगित भएको जानकारी पनि दिए ।

यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले श्रावण २० देखि ३० गते सम्म राष्ट्रव्यापी रूपमा पार्टीको ‘आन्तरिक विशेष अभियान’ चलाउने निर्णय गरे बमोजिम प्रतिनिधिसभा र प्रदेश सभा सदस्य बाहेकका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुलाई ७७ जिल्लामा केन्द्रीय प्रतिनिधिको रुपमा खटाएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ५ : ५९ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको