भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने | Khabarhub Khabarhub

भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

भरतपुर- चितवनको भरतपुरका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो । विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए ।

११ केभी भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षिततर्फ विद्युत सेवा अनियमित हुने पौडेलले बताए । हाकिम चोकदेखि गीतानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो । यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : १५ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा