बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी « Khabarhub

बागमती प्रदेश : विनाविभागीय मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- बागमती प्रदेशको मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारलाई उद्योग, वाणिज्य तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश आन्तरिक पर्यटन काजसम्बन्धी मापदण्ड, २०८० लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

बैठकले बलेफी गाउँपालिकाको वडा सङ्ख्या तथा सिमाना हेरफेरका लागि केन्द्र सरकारलाई सिफारिस गर्ने समेत निर्णय भएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले विज्ञान प्रविधि नवप्रवर्द्धन तथा विकास कोष सञ्चालन पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रवक्ता श्रेष्ठले बागमती प्रदेशसभाको बैठक भदौ १७ गतेका लागि आह्वान गर्न प्रदेशसभालाई आग्रह गर्ने निर्णयसमेत गरेको बताए ।

त्यसैगरी, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले उल्लेख गरे ।

बैठकले ज्यान जोखिममा परेका सुत्केरी महिलालाई निःशुल्क हवाई उद्धार कार्यविधि र प्रदेश विपद् व्यवस्थापन परिचालन कार्यविधि स्वीकृत गरेको उनले बताए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : १८ बजे

विश्वकप लिग-२ : स्कटल्यान्डविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबारको खेलमा

कसरी चिन्ने फेक आइडी ?

काठमाडौं- एउटा भनाइ छ- ‘गलत सूचना पाउनुभन्दा सूचना नपाउनु नै

रास्वपा केन्द्रीय समिति बैठक बुधबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान

पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने

काठमाडौँ– सरकारले आध्यात्मिक तीर्थ कूटनीतिमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ

विश्वकप लिग २ : त्रिवि मैदानमा आज नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको महत्त्वपूर्ण