एसिया कप क्रिकेटका लागि नेपाली टोली आज राति पाकिस्तान जाँदै « Khabarhub

एसिया कप क्रिकेटका लागि नेपाली टोली आज राति पाकिस्तान जाँदै


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ ।

यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ ।

पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतबीचको खेल भने श्रीलङ्कामा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

यस्तै, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए । उनले भारत र पाकिस्तानसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने भन्दै आफ्नो टोली मानसिक रुपमा तयार रहेकाले उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ४७ बजे

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई

अनावश्यक रूपमा बिरामीलाई ‘रिफर’ नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई  बिरामीलाई

रेडक्रस सोसाइटीले राजनीतिबाट मुक्त भई निष्पक्ष कार्यसम्पादन गर्नुपर्छः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल रेडक्रस सोसाइटीले राजनीतिबाट टाढा रहेर

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ