सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको बर्दिबासमा भएको सवारी दुर्घटनामा परेर बुबा र छोरीको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका २ मा पर्ने बर्दिवास औरही सडकखण्डमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिवास ८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास ४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ५५ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला