सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा बाबुछोरीको मृत्यु


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


960
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महोत्तरीको बर्दिबासमा भएको सवारी दुर्घटनामा परेर बुबा र छोरीको मृत्यु भएको छ ।

बर्दिबास नगरपालिका २ मा पर्ने बर्दिवास औरही सडकखण्डमा स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबुछोरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दिवास ८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए । दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास ४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ५५ बजे

सुरुङमा फसेको छोरो १० दिनपछि छोरो जीवितै भेटिँदा परिवारमा खुसीका आँसु

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १०

‘नेपालले वातावरणीय विनाश नगरेपनि क्षति भोग्नु पर्‍यो, विकसित देशसँग क्षतिपूर्ति माग्नुपर्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पहिलो प्राथमिकता

दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए

रसुवा– नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोलीले बाढी प्रभावित त्रिशूली–३

‘सुरुङभित्र अझै साथीहरू छन्, बाढी आएपछि ४० बढीलाई भगाएँ, अन्तिममा म आफैं अड्किएँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट नौ

स्वास्थ्य बीमा बोर्डद्वारा ईएमआर प्रणाली कार्यान्वयन अनिवार्य 

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध देशभरका सम्पूर्ण