अवैध रुपमा कुखुराको आयात रोक्न गृह मन्त्रालयको निर्देशन | Khabarhub Khabarhub

अवैध रुपमा कुखुराको आयात रोक्न गृह मन्त्रालयको निर्देशन


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले आज सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सीमा नाकामा गस्ती निगरानी बढाउन, सीमा क्षेत्रमा अवैध तथा मापदण्ड विपरीत खोलिएका कुखुरा फार्म, बधशाला, ह्याचरी र कोल्ड स्टोरलाई हटाउन र भन्सार तथा क्वारेन्टाइनको प्रभावकारिता वृद्धि गर्न आवश्यक समन्वय गर्न निर्देशन दिएको हो ।

कुखुराको मासुमा नेपाल आत्मनिर्भर भए पनि भारतीय सीमाबाट कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी ओसारपसार भइरहँदा आफूहरु मारमा परेका भन्दै कुखुरा उद्योगी व्यवसायीले त्यसको नियन्त्रणका लागि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग आग्रह गरेका थिए ।

सोमबार सरोकारवालासँगको बैठकमा उनले अवैध चोरी निकासीले समग्र अर्थतन्त्र, राजस्व र औद्योगिक वातावरण चौपट हुने भएकाले कानुन नै संशोधन गरेर भए पनि यसको प्रभावकारी नियन्त्रण गरिने बताएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ८ : ५७ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध