न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ « Khabarhub

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्छु : प्रधानन्यायाधीश श्रेष्ठ


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदवहाली गरेका छन् । सर्वोच्च अदालतमा पुगेर पदवहाली गर्ने क्रममा उनले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल सुरु गर्ने बताए ।

३१औँ प्रधानन्यायाधीशका रूपमा आफ्नो कार्यभार प्रारम्भ गरेका उनले न्यायको अनुभूति हुनेगरी काम गर्ने बताए । आफ्नो कार्यकालमा केही गरेर जाने उल्लेख गर्दै उनले न्याय परिषद्को बैठक राखेर तत्काल न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने र मुद्दा फछ्र्योटमा ध्यान दिने बताए ।

नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् । संसदीय सुनुवाइ समितिले सोमबार नै प्रधानन्यायाधीशमा श्रेष्ठलाई सर्वसम्मत अनुमोदन गरेको थियो ।

विसं २०१६ असोज २० मा डोटी जिल्लामा जन्मेका प्रधानन्यायाधीश श्रेष्ठको कैलालीको धनगढीमा स्थायी बसोबास रहेकोमा हाल काठमाडौँको कुलेश्वरमा बस्दै आएका छन् । श्रेष्ठ विसं २०८१ असोज १९ पछि अनिवार्य अवकाश हुनेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : १० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको