विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि… « Khabarhub

विराटनगरका डाक्टरले निःसन्तान दम्पत्तिलाई शिशु बेचेपछि…


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.4k
Shares
  • change font
  • change font
  • change font

विराटनगर- विराटनगरको ग्रीनक्रस अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा कोशी अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. तपेश्वरलाल कर्णले शिशु बेचेको खुलेको छ । उनले निःसन्तान दम्पतीलाई शिशु बेचेको प्रहरीले जनाएको छ ।

डाक्टर कर्णले अस्पतालबाट असार १४ गतेदेखि बेपत्ता शिशु मोरङको कटहरी गाउँपालिकाकी दिलमाया राजवंशीलाई बेचेका थिए । ती शिशुलाई प्रहरीले मोरङको कटहरीबाट उद्धार गरेको छ । शिशुको अवस्था सामान्य रहेको जनाइएको छ ।

शिशुलाई बेपत्ता पारेको आरोपमा प्रहरीले डा. कर्ण र अर्का एक युवकलाई पक्राउ गरिसकेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा डा. कर्णकै संलग्नतामा ५० हजार रुपैयाँमा शिशु बिक्री गरेको देखिएको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ९ : ३५ बजे

मानव अधिकार आयोगमा लघुवित्त पीडित : संस्थाले दिएको खानाको भर, माग पूरा नहुन्जेल धर्ना बस्ने 

काठमाडौं– सर्लाही, धनुषासहित मधेशका जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली– कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह दुई

देउवालाई प्रदीपको सुझाव- अभिभावक बनेर तटस्थ रहिदिनुस्

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट