कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । कार्य समितिको बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ः०० बजे पनि बस्न लागेको हो । 

आजको बैठकमा हिजो देखी धारणा राख्न सुरु गरेका केन्द्रिय सदस्यहरू मध्ये बाँकी केन्द्रिय सदस्यले आ आफ्नो धारणा राख्नेछन् । सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए भने उपसभापति एवं कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षा विधेयक र शिक्षक महासंघसँग भएका संवादहरु बारे जानकारी गराएका थिए ।

‘संविधानले निर्धारित गरेको दायरा र मुलुकको वर्तमान आर्थिक स्थितिले धान्न सक्ने सिमासम्म शिक्षक आन्दोलनले अघि सारेका सबै माग पुरा गर्न र समस्त नेपाली शिक्षकको भावना सम्बोधन गर्न सरकार तयार रहेको’ प्रतिवद्धता बैठकमा खड्काले गरेका थिए ।

हिजोको बैठकमा विमलेन्द्र निधि, कल्याणकुमार गुरुङ, नैनसिंह महर, प्रतिमा गौतम र आमन्त्रित प्रदेश सभापतिहरु— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेश), इन्द्रबहादुर बानियाँ (बागमती), शुक्रराज शर्मा (गण्डकी) अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली)बीरबहादुर बलायर (सुदूरपश्चिम)ले बैठकमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : २५ बजे

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार

एमाले र परिवार दलबीच चुनावी सहकार्यको सहमति

काठमाडौं – नेकपा (एमाले) र नेपाल परिवार दलबीच चुनावी सहकार्यमा