प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित | Khabarhub Khabarhub

प्रहरीसहित राजस्व टोलीले छापा मारेपछि सिरहाका व्यावसायी आतंकित


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।

विशेष सूचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतंकित बनेको छन ।

बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश आचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरबाट घेरा हाले पछि स्थानीय व्यावसायी आतंकीत बनेका हुन ।

टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरू रातभरि सुत्न नसकेको व्यावसायी बताउँछन्। उनीहरूले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरूको झोलासमेत खोलेर हेरेका थिए ।  रातभर हतियारधारी प्रहरीको घेराबन्दीमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूको कुरो छ ।

स्थानीय व्यवसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए । उनले भने,  ‘यो पसल यहाँका होलसेल व्यासायी गर्छ ।’ सो सक्षेत्रका व्यसायीहरुलाई कपडा आपुर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि  सिरहाका व्यावसायी आतंकित बनेको उनको भनाइ छ । 

व्यावसायी साहले भने, ‘व्यवसायीहरूले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यवसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यवसायीलाई यो व्यवहारले थप पीडा दिएको छ ।’

राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले गोदाममा खानतलासी गरी विल विजक,भन्सारका प्रज्ञा पत्र, खरिद बिक्री खाता लगायतका आवश्यक कागजात लिएर छापा मार्ने पसल तत्कालको लागि शील गरिएको उद्योग वाणिज्य संघ मिर्चैयाका महासचिव भरत महासेठले जनाए ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपचारिक जानकारी नभएको बताए। यस सम्बन्धमा थप जानकारी लिन पुग्दा राजस्व अनुसन्धान कार्यालय इटरीबाट खटिएको टोलीले सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा फोन सम्पर्क गर्दा कार्यालयको फोन समेत उठेन।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ३० बजे

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ 

झापा– झापामा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । कनकाई

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी

५२ संवैधानिक पदाधिकारी नियुक्त विरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आजदेखि पुनः

सुनको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

ट्रक पल्टिँदा अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो 

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा ट्रक पल्टिँदा अवरुद्ध भएको नारायणगढ–मुग्लिन