चर्चामा एसियाडमा छाउन सक्ने स्टार | Khabarhub Khabarhub

चर्चामा एसियाडमा छाउन सक्ने स्टार


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

चीनको हङझाउमा १९ औं एसियाली खेलकुद सुरु भइसकेको छ। एसियाली देश जनसङ्ख्याका आधारमा संसारमा प्रभाव पार्ने भए पनि त्यसको तुलनामा खेलकुदमा खासै सफल मानिँदैनन्। तथापि केही विश्वस्तरीय स्टारको त्यहाँ जमघट हुनेछ।

एसियाडमा सहभागी हुने विश्व स्तरीय स्टारमा भारतीय ज्यालीन थ्रो खेलाडी नीरज चोपरा अग्र पत्तिमा छन्।

२६ वर्षीय चोपरा ओलम्पिक च्याम्पियन, विश्व च्याम्पियन तथा डायमन्ड लिग च्याम्पियन हुन्। भारतकै पिभु सिन्धु अर्की आकर्षक हुन्।

बुद्धिचालका गुकेस डी र रमेश बाबु प्रगनन्ध चेसका हेर्न लायक स्टार हुन्। पछिल्लो विश्वकपमा चार भारतीय क्वार्टर फाइनलमा प्रवेश गरेका थिए। यसो त भारतकै प्रगनन्ध उपविजेता भएका थिए।

एसियाली खेलकुद सबै भन्दा बढी भारतकै लागि महत्त्वपूर्ण छ। सन् १९५१ मा पहिलो पटक भारतले यो महादेशीय प्रतियोगिताको सुरुवात गरेको थियो। पहिलो एसियाली खेलकुद नयाँ दिल्लीमा भएको थियो।

अहिले चीनमा आइपुग्दा यसले बृहत् स्वरूप लिएको छ। सन् २०२१ मा जापानको टोकियोमा भएको खेलकुदमा भन्दा यस एसियाली खेलकुदमा धेरै जना उपस्थित हुने छन्। एसियाडमा १२ हजार ५ सय जना खेलाडीको सहभागिात रहनेछ।

एसियाड अर्को वर्ष पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदमा लागि धेरै खेलको छनोट प्रतियोगिताको रूपमा समेत रहने छ। हक्की आर्चरी, टेनिस र बक्सिङ अर्को वर्षका लागि हुने छनोट खेलको रूपमा रहने छन्। जहाँसम्म भारतको सहभागिताको प्रश्न छ। संसारका केही स्टार खेलाडी भए पनि एसियाली खेलकुदमा यस देशको प्रदर्शन त्यत्ति दमदार रहेको छैन।

इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुद भने विगतको भारतका लागि सुखद रहेको थियो। यस पटक पनि भारतका लागि एथलेटिक्स नै महत्त्वपूर्ण खेलको रूपमा रहने छ। एसियाडमा हेर्न लायक स्पर्धामा पनि ज्याभलीन थ्रो नै हो। ज्याभलीनमा गत महिना हंगेरीमा भएको विश्व च्याम्पियनसिपमा नीरजले स्वर्ण पदक जित्दा उनलाई पाकिस्तानका अर्साद नदिमले नै चुनौती दिएका थिए। नदिमको सो च्याम्पियनसिपमा रजत पदक जितेका थिए।

चार गुणा ४ सय मिटर रिलेमा भारत पाँचौँ स्थान पाउन मात्र सफल भएन। एसियाली कीर्तिमान राख्न पनि सफल भएको थियो। लङ जम्पमा जेस्वीन आड्रियन र उम शङ्करका साथमा ट्रिपल जम्पमा प्रवीण चिथराभेल अर्का आकर्षण हुनेछन्।

हक्कीमा महिला र पुरुषकै टोलीले स्वर्ण पदक जित्ने भारतीय टोलीको आङ्कलन छ। एसियाडमा सहभागिता जनाउने भारत स्वाभाविक रूपमा बलियो टोली मानिन्छ। यसै एसियाडमा सबै भन्दा हेर्न लायक खेलाडी भने कतारका मुमताज इस्रा बस्रिम। हाइजम्पका स्टार उनले हंगेरीको विश्व च्याम्पियनसिपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेका थिएनन्।

ओलम्पिक च्याम्पियन उनले विश्व च्याम्पियनसिपमा ५ पदक जिती सकेका छन्। एसियाडलाई प्राथमिकता दिँदै उनले पनि अन्य धेरै एसियाली स्टारले झैँ अमेरिकाको ओरीगीनमा भएको डायमन्ड लिग त्यागेका थिए। उनका मुख्य प्रतिद्वन्द्वीको रूपमा दक्षिण कोरियाका उ साङ ह्रयोक हुनेछन्।

दक्षिण कोरियाली पौडीबाज ह्वाङ सन उलाई पनि आसन्न एसियाली खेलकुदमा हेर्न लायक खेलाडीको सूचीमा राखिएको छ। ह्वाङ दुई सय मिटर फ्रिस्टाइलमा सनसनी फैलाइ रहँदा एक सय मिटरमा चीनका पान झान्ली राम्रो पौडीबाजको रूपमा स्थापित छन्।

जापानका स्केट बोर्डर कुसाइको हिनानो यस एसियाडका अर्का आकर्षण हुन्। जापानका राष्ट्रिय च्याम्पियन यिनको पहिलो महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता हो। मलेसियाका डाइभिङ क्विन पान्डेला लामो चोट पनि अहिले फेरि खेलमा फर्किएकी छिन्।

टेबल टेनिसमा शीर्ष वरियताकी सनयीङसाले एसियाली खेलकुदमा भने सफलता पाएकी छैनन्। तसर्थ यो उनका लागि महत्त्वपूर्ण प्रतियोगिता पनि हुनसक्छ। उनले ओलम्पिक, विश्व च्याम्पियनसिपमा पनि एकल ,युगल र टिममै स्वर्ण पदक जिती सकेकी छिन्।

थाइल्यान्डका ब्याडमिन्टन स्टार कुनलाभत भिडित सरन अर्का हेर्न लायक स्टार हुन्। गएको १८ महिना शानदार फर्ममा रहेका उनी बीडब्लुएफ च्याम्पियनसिपका विजेतासमेत हुन्। सन् २०१७ देखि २०१९ को समयमा जुनियर स्पर्धाका सनसनी फैलाएका उनले त्यसपछि सिनियर तहमा उत्कृष्ट प्रदर्शन गर्दे आएका छन्।

यस एसियाडमा हेर्न लायक अन्य धेरै खेलाडी हुनेछन्। यी थुप्रै अनुहारमा भारतीय सुटिङ टिमको प्रदर्शन सधैँ चर्चा र चासोको विषय हुने गरेको छ। सुटिङका अनेकन सिरिज र विश्व च्याम्पियनसिपमा उत्कृष्ट ठहरिएको भारतीय टोली टोकियो ओलम्पिकमा असफल भएको थियो। परन्तु एसियाली खेलकुदमा भारतीय टोलीको पुनरागमनको अपेक्षा गर्न सकिन्छ।
यस वर्ष आइबीएफ च्याम्पियनसिप जितेकी भारतीय निखा जरिमप्रति धेरैको चासो बढेको छ। ५० केजी तौल समूहमा सहभागिता जनाउने उनी कमनवेल्थ खेलकुदकी स्वर्ण पदक विजेता हुन्।

एसियाडमा पदक तालिकामा चीन, दक्षिण कोरिया र जापानको बीचमा प्रतिस्पर्धा भए पनि संसारलाई प्रभावमा पार्ने केही खेलाडी भने भारतमै छन्। यी नै मध्येका नीरज चोपरा र प्रगनन्धप्रति सिङ्गो संसारको चासो रहेको छ। प्रगनन्धले गत महिना सम्पन्न विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनकै कारण उनी प्रति धेरैको चासो बढेको छ।
स्रोतः हिन्दु, ओलम्पिक

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : ०० बजे

आजका समाचार : सहकारी छानविन प्रतिवेदन सार्वजनिक, प्रधानमन्त्री राष्ट्रसङ्घतीर र रामकुमारीसँग रिसाए माधव 

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त

सीके राउतको गुनासो- संविधानमा भएका अधिकार पनि खोस्ने खेल हुँदैछ

जनकपुरधाम– जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संविधानमा भएका अधिकार पनि

रविले ग्यालेक्सी टिभीबाट तलब नै लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी

सिरहाका स्थानीय तहविरुद्ध दुई सय ७० भ्रष्टाचारका उजुरी

सिरहा– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले चालु आर्थिक वर्षको पहिलो

कुम्भराजको बयान- धनराज पत्नी ज्योतिले सहकारीको साढे १२ करोडले बिटक्वाइन किनिन्

काठमाडौं- ललितपुरको महालक्ष्मीस्थान नगरपालिका-५ स्थित मितेरी बचत तथा ऋण सहकारी