बाँझो जमिनमा सामूहिक आलुखेती « Khabarhub

बाँझो जमिनमा सामूहिक आलुखेती


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन थालेका हुन् ।

 समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले धेरै वर्षअघिदेखि बाँझो रहेको जमिनमा खनजोत गरेर सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेको जानकारी दिए।

‘तेह्र जनाको समूहमा बाँझो जग्गा खनजोत गरेर स्थानीय जातको आलुखेती गरेका छौँ’, उनले भने, ‘“कामको खोजीमा विदेश नगई यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौँ’ गत जेठको पहिलो हप्ता लगाएको आलु खनेर भित्र्याउने चटारो छ । 

बीस रोपनी जमिनबाट रु पाँच लाख ६२ हजार पाँच सय मूल्य बराबरको ११ हजार दुई सय ५० किलोग्राम आलु निकालिसकेको समूहले जनाएको छ । लोमान्थाङ, जोमसोम, कागबेनी, मुक्तिनाथ, बेनी, बागलुङ, पोखरा र काठमाडौँको बजारमा आलु खपत हुने गरेको छ । प्रतिकिलो रु ५० का दरले बारीबाटै आलु बिक्री भएको छ ।

चिसो हावापानीमा रासायनिक मल र विषादीको प्रयोगबिना उत्पादन भएको आलुले राम्रो बजार पाएकाले आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको समूहका सदस्य राजु गुरुङले बताएका छन् । ‘रासायनिक मल र विषादीको प्रयोगबिना चिसो हावापानीमा प्राङ्गारिक प्रविधिबाट आलुखेती गरेका छौँ’, उनले भने,’स्वादिष्ट, स्वस्थ र गुणस्तरीय भएकाले आलुले राम्रो बजार पाएको छ ।’

थिङगरमा आलुखेतीका लागि लोमान्थाङ गाउँपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा रु २० लाख अनुदान उपलब्ध गराएको थियो । समूहले थप रु २० लाख लगानी गरेका छन् । अध्यक्ष गुरुङले गाउँपालिकाको अनुदानमा बीउ, मल खरिद र खनजोत गरिएको बताए ।

कृषि ज्ञान केन्द्रले सिँचाइका लागि नहर बनाउन गत आवमा रु दुई लाख सहयोग गरेको थियो । बाँझो जमिनको सदुपयोग, आयात घटाएर आलुमा आत्मनिर्भर बनाउने, रोजगारी सिर्जना र कृषकको आयआर्जन वृद्धिका लागि सामूहिक आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले जानकारी दिए।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ०० बजे

भीम रावल भन्छन्ः एमालेमा मेरो आवाजलाई गलत अर्थ लगाएर पार्टी छोडेको भ्रम सिर्जना गरियो

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले एमाले

यस्तो छ सरकार र जेनजीबिचको १० बुँदे सम्झौता

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

सरकारसँगको १० बुँदे सम्झौतालाई जेन-जी मुभमेन्टले गर्यो अस्वीकार

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले बुधबार सरकारसँग भएको १० बुँदे

सरकारसँग भएको सम्झौतामा जेनजी समूहबीच नै असहमति (तस्बिरहरू)

काठमाडौं – जेनजीको नेतृत्वमा भएको जनआन्दोलनका सम्बन्धमा जेनजी प्रतिनिधि र

कांग्रेस सदस्यता छानबिन समितिको संयोजक बने महेन्द्र यादव

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा महेन्द्र