बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी « Khabarhub

बाँकेको बाल सुधार गृहमा तोडफोड र आगजनी


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– बाँकेको जयन्दु बाल सुधार गृहमा रहेका किशोर र युवाहरूले तोडफोड गरेका छन् ।

डुडुवा गाउँपालिका-६ स्थित सुधार गृहमा राखिएका किशोर र युवाहरूको समूहले गएराति नाराबाजी गर्दै तोडफोड सुरु गरेका हुन् । उनीहरूले प्रहरीलाई गाली गलोज गर्दै आक्रमण गरेपछि रातभर अवस्था तनावग्रस्त थियो । 

तोडफोडका क्रममा सुधार गृहको झ्यालका सबै सिसा फुटेका छन् । सुधार गृहमा पसेर बल प्रयोग गर्न नपाउने कानुनी प्रावधानका कारण प्रहरीलाई स्थिति नियन्त्रणमा लिन कठिनाइ भएको छ । कानुनी विवादमा परेर सुधार गृहमा राखिएकाहरूले आक्रोश स्वरूप होहल्ला गर्दै तोडफोडमा उत्रिएको प्रहरीको भनाई छ । 

सुधार गृहमा करिब ३ सय जना बालबन्दीहरु छन् । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र