तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ | Khabarhub Khabarhub

तिलौराकोट प्राचीन दरबार क्षेत्रमा सरसफाइ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

लुम्बिनीकपिलवस्तुस्थित प्राचीन कपिलवस्तु दरबार (तिलौराकोट) क्षेत्रको सरसफाइ सुरुआत गरिएको छ । यसका लागि लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्याहारक्याल लामाले नेपाली सेनासँग समन्वय गरेका थिए ।

शम्शेर दल गण गोरुसिङ्गेबाट खटिएका ३५ जना सेनाले प्राचीन कपिलवस्तु दरबार क्षेत्रमा सरसफाइ गरेका हुन् । यो टोलीले सरसफाइ निरन्तरता दिने जनाइएको छ । उपाध्यक्ष डा लामाले गौतमबुद्धले २९ वर्ष बिताएको गृहनगर कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र ऐतिहासिक र बुद्धिष्टहरूको आस्थाको केन्द्र भएकाले सरसफाइ गरी सौन्दर्यकरण गर्ने प्रतिबद्धता जनाएका छन् ।

गणका सहायक सेनानी रामचरण चौधरीको टोलीले १५ दिनसम्म दरबार क्षेत्रमा सरसफाइ गर्ने छ । आफूहरूले विगतमा पनि यस क्षेत्रको सरसफाइ गर्दै आएको र कोषको निर्देशनअनुसार सरसफाइ कार्य गर्ने सहायक सेनानी चौधरीले बताए ।

तिलौराकोट दरबार क्षेत्रलाई प्रस्तुतियोग्य बनाउन सेनाको सहयोगमा हरेक वर्ष सरसफाइ गरिँदै आएको कोषका तिलौराकोट कार्यालयका प्रमुख माधवप्रसाद आचार्यले बताएका छन् । विश्व सम्पदा सूचीको प्रस्तावित क्षेत्र पनि भएकाले प्रस्तुतियोग्य बनाउन सफाइ कार्य गरिँदै आएको उनले बताए ।

तिलौराकोट दरबार राजा शुद्धोदनका गणराज्य तथा सिद्धार्थ गौतमले युवाअवस्थासम्म २९ वर्ष बिताएको स्थान हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ९ : २० बजे

भारतको युवा टेस्ट : ब्याट र बलमा नै सूर्यवंशीको प्रभाव

काठमाडौं – भारत र इङ्गल्यान्डको युवा क्रिकेट टोलीको खेलमा लगातार

दाङमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ– दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ ।

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक

कराई डढेर फोहोर भएको छ ? चम्किलो बनाउन यसो गर्नुहोस्

काठमाडौं- स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको ठाउँ हो- भान्साकोठा । हामी

ओपनएआईले एआईमा आधारित वेब ब्राउजर ल्याउँदै, गुगल क्रोमलाई घाटा लाग्ने अनुमान

काठमाडौं– च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईले एआईबाट सञ्चालन हुने वेब ब्राउजर