गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण | Khabarhub Khabarhub

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी- ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलुङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो ।

एउटा खेलमैदानका लागि रु पाँच लाख २५ हजारदेखि बढीमा रु १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताएका छन् । ‘चालु आवमा पनि खेलमैदान निर्माणका लागि रु चार करोड बजेट छ’, उनले भने, ‘मन्त्रालयले मापदण्ड बनाएर नयाँ प्रस्ताव आह्वान गर्छ ।’

गत आवमा ‘एक स्थानीय तह एक खेलमैदान’ कार्यक्रमका लागि रु एक करोड १५ लाख बजेट विनियोजन गरिएको थियो । प्रदेशका ८५ वटै स्थानीय तहमा खेलमैदान बनाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीमा आर्थिक वर्ष २०७५-७६ देखि नै यो कार्यक्रम सुरु भएको हो । 

खेल मैदानसहित गत आवमा ठूला/साना गरी एक सय ३७ वटा खेल पूर्वाधारका योजना सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट खर्च भएको हो । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति गरिएको सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताए। 

सङ्घ सरकारबाट आएको सशर्त बजेटका १५ वटा खेल पूर्वाधारका योजना पनि गत आवमा सम्पन्न गरिएको उनले उल्लेख गरे । मन्त्रालयले पूर्वाधारतर्फ खेलमैदान, कभर्डहल, व्यायामशाला आदि निर्माण र स्तरोन्नतिका योजना सञ्चालन गर्दै आएको छ । खेलमैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड नै बनाएर कार्यक्रम कार्यान्वयन गरिँदै आएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि आयोजनाको ‘डिपिआर’ बनाइने भएको छ ।

आव २०७५-७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : १० बजे

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली

क्यानडाको श्रम बजार सुस्त, बेरोजगारी दरमा निरन्तर वृद्धि

ओटावा– क्यानडाको बेरोजगारी दर अप्रिल महिनामा ०.२ प्रतिशत अंकले वृद्धि