गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण « Khabarhub

गण्डकीका चौध पालिकामा खेलमैदान निर्माण


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी- ‘एक स्थानीय तह, एक खेलमैदान’ कार्यक्रमअन्तर्गत गत आवमा गण्डकी प्रदेशका १४ पालिकामा खेलमैदान निर्माण गरिएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीको अन्नपूर्ण, स्याङ्जाको बिरुवा, गोरखाको भीमसेन थापा, तनहुँको म्याग्दे, नवलपुरको हुप्सेकोट, पर्वतको पैँयू गाउँपालिका, बागलुङको गलकोट, म्याग्दीको बेनी नगरपालिकालगायत स्थानीय तहमा खेलमैदान निर्माण गरिएको हो ।

एउटा खेलमैदानका लागि रु पाँच लाख २५ हजारदेखि बढीमा रु १२ लाखसम्मको बजेट उपलब्ध गराइएको मन्त्रालयका सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताएका छन् । ‘चालु आवमा पनि खेलमैदान निर्माणका लागि रु चार करोड बजेट छ’, उनले भने, ‘मन्त्रालयले मापदण्ड बनाएर नयाँ प्रस्ताव आह्वान गर्छ ।’

गत आवमा ‘एक स्थानीय तह एक खेलमैदान’ कार्यक्रमका लागि रु एक करोड १५ लाख बजेट विनियोजन गरिएको थियो । प्रदेशका ८५ वटै स्थानीय तहमा खेलमैदान बनाउने प्रदेश सरकारको लक्ष्य छ । गण्डकीमा आर्थिक वर्ष २०७५-७६ देखि नै यो कार्यक्रम सुरु भएको हो । 

खेल मैदानसहित गत आवमा ठूला/साना गरी एक सय ३७ वटा खेल पूर्वाधारका योजना सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ । तिनमा रु पाँच लाखदेखि रु १५ लाखसम्मको बजेट खर्च भएको हो । कतै खेल पूर्वाधारको निर्माण त कहीँ स्तरोन्नति गरिएको सूचना अधिकारी श्रीप्रसाद अधिकारीले बताए। 

सङ्घ सरकारबाट आएको सशर्त बजेटका १५ वटा खेल पूर्वाधारका योजना पनि गत आवमा सम्पन्न गरिएको उनले उल्लेख गरे । मन्त्रालयले पूर्वाधारतर्फ खेलमैदान, कभर्डहल, व्यायामशाला आदि निर्माण र स्तरोन्नतिका योजना सञ्चालन गर्दै आएको छ । खेलमैदानको निर्माण एवं स्तरोन्नतिसम्बन्धी मापदण्ड नै बनाएर कार्यक्रम कार्यान्वयन गरिँदै आएको छ ।

हिमालपारिको जिल्ला मुस्ताङमा अन्तर्राष्ट्रियस्तरको उच्च उचाइ खेलमैदान निर्माणका लागि जग्गाको नापजाँचसहित विस्तृत डिजाइनको काम पूरा भएको मन्त्रालयले जनाएको छ । जग्गाको टुङ्गो लागेपछि आयोजनाको ‘डिपिआर’ बनाइने भएको छ ।

आव २०७५-७६ मै प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड’ पर्वतीय खेलकुद तालिम केन्द्र बनाउने घोषणा गरे पनि जग्गा व्यवस्थापन नहुँदा काम भएको छैन । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १० : १० बजे

गृहमन्त्रीलाई बर्खास्त र पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग, आईजीपीकहाँ पुग्यो निवेदन

काठमाडौं– जेन-जी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक, गृहमन्त्रीसँग सम्बन्धित विषयमा छलफल हुने

काठमाडौं – सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ। बैठकमा विभिन्न

नेप्से परिसूचक १८ अंकले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव १० अंकले

मणिपाल कलेज बनाउन खरिद गरेको ३५ बिघा जग्गा वर्षौँदेखि अलपत्र

जलेश्वर– महोत्तरी सदरमुकाम जलेश्वरमा अन्तर्राष्ट्रियस्तरको मणिपाल इन्जिनियरिङ कलेज बनाउने भन्दै

इरानसँग पाकिस्तानमा हुने वार्तामा ट्रम्प पनि सहभागी हुन सक्ने

इस्लामावाद- अमेरिका र इरानबीच युद्धविरामसम्बन्धी दोस्रो चरणको वार्ता पाकिस्तानमा बुधबारदेखि