तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने | Khabarhub Khabarhub

तेस्रो संस्करणको पीपीएल क्रिकेट कात्तिकमा हुने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बैतडी– तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) खुला पुरुष टी–२० क्रिकेट प्रतियोगिता आगामी कात्तिकमा हुने भएको छ  । बैतडीको पाटन क्रिकेट क्लबको आयोजनामा कृष्ण माविस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता कात्तिक पहिलो सातादेखि सञ्चालन हुने भएको हो । 

प्रतियोगिताको प्रथम पुरस्कार रु एक लाख ११ हजार एक सय ११ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पाटन क्रिकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए। उनका अनुसार द्वितीय पुरस्कार रु ५५ हजार पाँच सय ५५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद रु २२ हजार दुई सय २२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र बलरलाई जनही रु ११ हजार एक सय ११ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

कात्तिक पहिले सातादेखि प्रतियोगिता गर्ने तयारी भइरहेको जनाउँदै आयोजनाको बारेमा थप छलफल गर्न क्लबले यही असोज १२ गते बैठकका लागि सम्बन्ध सबैलाई बोलाइएको अध्यक्ष चन्दले बताए। बैठकपछि प्रतियोगिताको मिति र अन्य थप जानकारी सार्वजनिक गरिने उनको भनाइ थियो । 

यसअघिका दुई संस्करणमा टेनिस बल खेलाएको भए पनि यस वर्ष ड्युज बल खेलाउने आयोजकले जनाएको छ । सहभागी हुने टोलीका लागि यही असोज १३ गतेदेखि २७ गतेसम्म दर्ता समय राखिएको छ । 

प्रतियोगिताले खेलाडी उत्पादन र क्रिकेटको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि सम्पन्न दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय (बिडिपिआइ), पाटनले लिएको थियो भने पहिलो संस्करणको च्याम्पियन कैलपाल क्रिकेट क्लब भएको थियो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २० बजे

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा