युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल | Khabarhub Khabarhub

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो । 

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा  राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ ।  पोल्याण्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ । दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ ।

अघिल्लो दिन सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले युक्रेन र स्लोभाकियाबीच निर्यात प्रतिबन्ध विस्तार गर्नुको सट्टा युक्रेनको कृषि उत्पादनहरूको लागि इजाजतपत्र प्रणाली स्थापना गर्ने सम्झौतामा पुगेको बताएको थियो । गत साता, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए । 

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलका अनुसार युक्रेनले युक्रेनका छिमेकी युरोपेली सङ्घका सदस्य राष्ट्रमा बजार विकृति हुन नदिन कृषि उत्पादनका चार समूहको निर्यात नियन्त्रण गर्न युरोपेली आयोगलाई कार्ययोजना बुझाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २८ बजे

शाहरूखको डंकी, अमेरिकामा पहिलो दिन ३० टिकट मात्रै बुकिङ

अमेरिका– शाहरुख खानको फिल्म डंकी २१ डिसेम्बरमा रिलिज हुँदैछ ।

मुग्लिन-पोखरा सडक विस्तारः पूर्वी खण्ड कालोपत्र

दमौली– पृथ्वीराजमार्गलाई चार लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा

त्रिभुवन विमानस्थलबाट १४ किलो सुन बरामद, दुई जना पक्राउ

काठमाडौं– सरकारले विमानस्थलबाट हुने सुन तस्करी निस्तेज पारेको दाबी गरिरहँदा

रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन

काठमाडौं– रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६

बर्दिबासमा खानेपानी चोरेर वर्षौँदेखि उद्योग सञ्चालन

महोत्तरी– पछिल्लो समय  बर्दिबासमा पानीको समस्या बढिरहेको बेला वर्षौँदेखि पानी