युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल « Khabarhub

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किएभ– युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो । 

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा  राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ ।  पोल्याण्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ । दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ ।

अघिल्लो दिन सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले युक्रेन र स्लोभाकियाबीच निर्यात प्रतिबन्ध विस्तार गर्नुको सट्टा युक्रेनको कृषि उत्पादनहरूको लागि इजाजतपत्र प्रणाली स्थापना गर्ने सम्झौतामा पुगेको बताएको थियो । गत साता, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए । 

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलका अनुसार युक्रेनले युक्रेनका छिमेकी युरोपेली सङ्घका सदस्य राष्ट्रमा बजार विकृति हुन नदिन कृषि उत्पादनका चार समूहको निर्यात नियन्त्रण गर्न युरोपेली आयोगलाई कार्ययोजना बुझाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २८ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले