युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल « Khabarhub

युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेन र पोल्याण्डका कृषि मन्त्रीबीच खाद्यान्न निर्यातबारे छलफल भएको छ । युक्रेनी कृषि नीति तथा खाद्य मन्त्री माइकोला सोल्स्की र उनका पोल्याण्डका समकक्षी रोबर्ट टेलसले युक्रेनको अन्न निर्यातबारे बिहीबार टेलिफोन वार्ता भएको हो । 

युक्रेनको सरकारी प्रेस सेवाका अनुसार दुवै देशका मन्त्रीले दुई पक्षबीचको अनाज विवाद समाधान गर्ने प्रस्तावमा विचार आदानप्रदान गरेका तथा दुवै देशको हितलाई केन्द्रमा  राखेर समस्याको समाधान खोज्ने सहमति भएको छ ।  पोल्याण्डले युक्रेनको निर्यात योजना अध्ययन गरी प्रस्ताव तयार गर्ने विषयमा पनि सहमति भएको छ । दुई पक्षबीचको अर्को चरणको वार्ता चाँडै हुने बताइएको छ ।

अघिल्लो दिन सरकार सञ्चालित युक्रेनफर्म समाचार एजेन्सीले युक्रेन र स्लोभाकियाबीच निर्यात प्रतिबन्ध विस्तार गर्नुको सट्टा युक्रेनको कृषि उत्पादनहरूको लागि इजाजतपत्र प्रणाली स्थापना गर्ने सम्झौतामा पुगेको बताएको थियो । गत साता, पोल्याण्ड, हङ्गेरी र स्लोभाकियाले सेप्टेम्बर १५ देखि प्रतिबन्ध हटाउने युरोपेली आयोगको निर्णयका बाबजुद युक्रेनको अन्नमा नाकाबन्दी जारी राख्ने घोषणा गरेका थिए । 

युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहलका अनुसार युक्रेनले युक्रेनका छिमेकी युरोपेली सङ्घका सदस्य राष्ट्रमा बजार विकृति हुन नदिन कृषि उत्पादनका चार समूहको निर्यात नियन्त्रण गर्न युरोपेली आयोगलाई कार्ययोजना बुझाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १२ : २८ बजे

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै समुदायको

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका