फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ | Khabarhub Khabarhub

फिफिया एपमार्फत अनलाइन ठगी गर्ने एक महिला पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ‘फिफिया’ नामको एपमार्फत अनलाइन बेटिङ गराएर ११ लाख २७ हजार ठगी गरेको आरोपमा पक्राउ परेकी  एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा भोजपुर हतुवागढी गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका–६ बस्ने २८ वर्षीय दादीकी शेर्पा राई रहेकी र निजले फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर बेटिङमार्फत रु ११ लाख २७ हजार ठगेको अनुसन्धानबाट खुलेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । 

उनका अनुसार सामाजिक सञ्जालमार्फत साथी बनाएर इमेल आइडीबनाउन र  फिफिया एप इन्स्टल गर्न लगाउनाका साथै बैंक खातालगायतको बायोडाटा विवरण अपडेट गर्न लगाएर  पीडितलाई सोही एपबाट हुने आर्थिक कारोबार नेपालमा कानुनबमोजिम छ भनी विश्वास दिलाइ ठग्ने गरेको अनुसन्धानबाट खुलेको छ ।  

विभिन्न देशबीच हुने फुटबललगायत अनलाइन खेलको विज्ञापन राखेर उनले सट्टेबाजी खेलेमा ९० मिनेटभित्र फाइदा हुने भन्दै उक्त रकम ठगेको भेटिएकाले निजविरुद्ध प्रचलित कानुनबमोजिम ठगी तथा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान एवं कारबाहीका लागि टेकुस्थित जिल्ला प्रहरी परिसरमा पठाइएको प्रवक्ता रेग्मीले बताए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : ०६ बजे

पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने बहानामा ठगी गरेको

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिङ्कर भारत तर्फ निर्यात

काठमाडौं – शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का

आलु खेती विस्तार गर्न तीन करोडको आयोजना सञ्चालन

बेनी – म्याग्दीमा आलु खेतीको विस्तार र प्रवद्धनका लागि रु

अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– अनलाइनमार्फत् यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका मुख्य दुई नाइकेलाई