शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा « Khabarhub

शिक्षा सम्बन्धी विधेयकका त्रुटि संसदबाट सच्चाउँछौँ : गगन थापा


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा धेरै त्रुटी रहेकाले संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौंको श्री नंदी माध्यामिक विद्यालयमा कम्युटर ल्याबको उद्घाटन गर्दै थापाले विद्यालय शिक्षा सम्बन्धी विधेयक सरकारको प्रस्तावमात्रै भएकाले यसमा रहेका धेरै त्रुटीहरुलाई संसदबाट सच्चाउने प्रतिवद्धता जनाएका हुन् । उनले संसद्लाई विश्वास गरेर शिक्षकहरूले आफ्नो आन्दोलन स्थगित गर्नुपर्ने र सरकारले पनि विधेयकमाथिको असन्तुष्टिलाई सच्चाउने प्रतिवद्धता गर्नुपर्ने जिकिर गरे । 

थापाले शिक्षकहरूको आत्मसम्मान, मर्यादालाई ध्यान दिनुपर्ने र शिक्षकलाई आवश्यकता अनुसारको सुविधाको ग्यारेन्टी विधेयकमार्फत गर्नुपर्नेमा जोड दिए । उनले अहिलेको विधेयक कम्तीमा पनि २० वर्षका लागि हुने भएकाले हतार नगरी संशोधनका आधारमा अन्तिम टुङ्गो लगाउनुपर्ने धारणा राखेका हुन् ।

थापाले अहिलेको अवस्थामा देशभरका विद्यालयमा विद्यार्थीहरूलाई सिकाइको अवस्था परिवर्तन गर्नुपर्ने जिकिर गरे । 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  १ : १४ बजे

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई