चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकारेनन्, यसलाई गम्भीर रुपमा लिनुपर्छ : कांग्रेस नेता डा. पोखरेल « Khabarhub

चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकारेनन्, यसलाई गम्भीर रुपमा लिनुपर्छ : कांग्रेस नेता डा. पोखरेल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल चुच्चे नक्सालाई दुवै छिमेकीले स्वीकार नगरेको भन्दै पार्टी र सरकारले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताएका छन् ।

शुक्रबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता पोखरेलले भारतले मिचेको भूमि समेटेर जारी भएको चुच्चे नक्सालाई दुबै छिमेकीले अस्वीकार गरेको अवस्थामा यसलाई सरकार र पार्टीले गम्भीर रुपमा लिनुपर्ने बताएका हुन् ।

यसबाट कूटनीतिक रणनीतिमा असफलता देखिएको भन्दै उनले आफ्नै कमजोरीका कारण बाह्यक्षेत्रले गम्भीर रुपमा लिन छाडेको उल्लेख गरे ।

उनले भने, ‘चुच्चे नक्सालाई न त दक्षिणले, न त उत्तरले स्वीकार गरेको देखियो, कूटनीतिक रणनीतिमा हामी असफल भयौँ ? बाह्य क्षेत्रले किन गम्भीर रुपमा लिन छाड्यो ? यसलाई पार्टी र सरकारले गम्भीर रुपमा लिनु पर्ने देखियो ।’

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : ०१ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा