रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ « Khabarhub

रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रुकुम पश्चिममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मुसिकोट नगरपालिका ६ बस्ने ३६ वर्षीय झगेन्द्र भण्डारी रहेको प्रहरीले जनाएको छ ।

उनलाई ३ नाल भरूवा बन्दुक, नाल बनाउन प्रयोग हुने पाईप १ थान, सट्गनको कार्टिज ५ राउण्ड, बारुद बनाउन प्रयोग हुने गन्धक करिब १ मुठी, सोडा आधा प्याकेट, फलामको छड काटेर बनाएको छर्रा ६ वटा, गोली जस्तो बनाएको फलामको टुक्रा १५ वटा, क्यापमा प्रयोग हुने पटाका २० रोल र बारुद २ डिब्बासहित प्रहरीले पक्राउ गरेको हो ।

भण्डारीको घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  २ : १८ बजे

दोस्रो झापा महिला गोल्डकप मङ्सिर ५ गतेदेखि

झापा– दोस्रो झापा महिला आमन्त्रण गोल्डकप फुटबल आगामी मङ्सिर ५

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं