धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिल « Khabarhub

धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिल


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक तथा सामाजिक सद्भाव र शान्ति अभिवृद्धि गर्नका लागि संयुक्त अपिल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बोलाएको धार्मिक सद्भाव कायम गर्नेसम्बन्धी छलफल कार्यक्रमपछि विभिन्न धार्मिक सङ्घसंस्थाले धार्मिक सद्भाव कायम गर्ने सम्बन्धी संयुक्त अपिल गरेका हुन् ।

विगत केही दिनयता देशका विभिन्न भागमा धर्म, जाती सम्प्रदायको आधारमा एक अर्काप्रति घृणा, द्वेष फैलाउने, फरक धर्म, जाति तथा सम्प्रदायलाई चोट पुग्ने गरी गतिविधि भइरहेको र कतिपय ठाँउमा अराजक रुपमा प्रस्तुत भइ फरक धर्म सम्प्रदायको आस्था, व्यवहार, संस्कार प्रचलनमा आघात पुराउने गतिविधि देखा परेका सम्बन्धमा गम्भीर ध्याकर्षण भएको संयुक्त अपिलमा उल्लेख छ ।

उनीहरुले कुनै पनि असंवैधानिक तथा गैरकानूनी क्रियाकलापहरुमा कोही पनि जान अञ्जानमा सहभागी नहुने र धार्मिक, सामाजिक एवं सांस्कृतिक सद्भाव प्रवद्र्धन गर्न क्रियाशिल रहन आह्वान समेत गरेका छन् । त्यसअघि छलफल कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले मुलुकको रक्षा र एकतालाई सुदृढ गर्न धामिर्क सांस्कृतिक सहिष्णुतालाई बलियो बनाउनु आवश्यक रहेको बताए। धार्मिक संस्थाहरु एक अर्काविरुद्ध प्रतिष्पर्धा उत्रनु उचित नभएको भन्दै उनले देशको मौलिक पहिचान र विशेषताको रक्षा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

संयुक्त अपिलमा हिन्दु महासंघ, हिन्दु परिषद्, बौद्ध महासंघ, तामाङ बौद्ध सेवा समाज, इस्लामी संघ, मुस्लीम महासंघ, क्रिश्चियन महासंघ, इशाई मण्डली एकता परिषदलगायत २४ धार्मिक सङ्घसंस्थाका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : ०९ बजे

विश्व आर्थिक स्वतन्त्रतामा नेपाल ९०औँ स्थानमा, एक स्थान तल झर्‍यो

काठमाडौं– क्यानडास्थित फ्रेजर इन्स्टिच्युटसँगको सहकार्यमा समृद्धि फाउण्डेशनले सार्वजनिक गरेको ‘विश्व

आधुनिक र सक्षम कांग्रेस निर्माण गर्न केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी : सन्दीप राना

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनको आज चौथो दिन उम्मेदवारीको

संवैधानिक इजलास गठनमा तजबिज चलेको भन्दै नेपाल बारको आपत्ति

काठमाडौं– सर्वोच्च अदालतमा संवैधानिक इजलास गठनका सम्बन्धमा उत्पन्न पछिल्लो घटनाप्रति

रेबिज निवारणसम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना स्वीकृत  

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेबिज रोग निवारणसम्बन्धी राष्ट्रिय

बेनी–जोमसोम सडक सञ्चालनका लागि मुस्ताङका तीन स्थानीय तहले दिए ६ ब्यारेल डिजेल

मुस्ताङ– राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक आयोजनालाई मुस्ताङका तीन स्थानीय तहले