पद्मकन्या क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव « Khabarhub

पद्मकन्या क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पद्मकन्या बहुमुखी क्याम्पसले ७३औँ वार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुषालले सात दशकभन्दा पुरानो क्याम्पसको शैक्षिक गुणस्तरका लागि सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।

“राज्यले शिक्षा क्षेत्रमा यथेष्ठ बजेट छुट्याउन नसक्दा त्यसको मार विश्वविद्यालयमा परेको छ”, उनले भने, “विश्वविद्यालयका आवश्यकता परिपूर्तिका लागि हामी पाठ्यक्रमलाई बजारको आवश्यकतासँग जोड्ने गरी काम गरिरहेका छौँ ।”

उनले क्याम्पसको शैक्षिक गुणस्तरवृद्धिका लागि सरोकारवाला सबैको सहकार्य जरुरी रहेको बताए । बागमती प्रदेशसभा सदस्य हरिप्रभा खड्गीले आफ्नो  विद्यार्थी जीवनको स्मण गर्दै पद्मकन्या बहुमुुखी क्याम्पसले अध्ययनशील र जिम्मेवार नेतृत्व गर्न प्रेरणा दिएको बताइन् । उनले क्याम्पसको स्तरोन्नतिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

वार्षिकोत्सवका अवसरमा क्याम्पसले आजदेखि ई–लाईब्रेरी र निःशूल्क सेनिटरी प्याडको वितरण सुरु गरेको छ । क्याम्पस प्रमुख प्रा. डा. जयालक्ष्मी प्रधानले विद्यार्थी, शिक्षकका साथै कर्मचारीहरुलाई अध्ययन अनुसन्धान कार्यमा सहयोग पुर्‍याउनका लागि ई–लाइब्रेरी सुरु गरिएको बताइन् । महिला जागरण र सशक्तीकरणका लागि स्थापना भएको क्याम्पसले शैक्षिक र प्राज्ञिक गतिविधिमा सफलता हासिल गर्दै आएको उनको भनाइ छ ।

उनले भनिन्, “यहाँबाट उत्पादित जनशक्तिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउनका लागि शैक्षिक गुणस्तर थप अभिवृद्धि गर्दै लैजानु आजको प्रमुख चुनौती हो ।” क्याम्पस प्रमुख प्रधानले शैक्षिक तथा प्रशासनिक कार्यलाई चुस्तदुस्त बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् । यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा एमसीए र फेसन डिजाइनिङ कार्यक्रम थप गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ५ : २६ बजे

स्थानीयवासीको सहयोगमा प्रहरी भवन पुनर्निर्माण

कास्की– पोखरा महानगरपालिका गगनगौँडास्थित वडा प्रहरी कार्यालयको भवन स्थानीयवासीको सहयोगमा

चट्याङ लागेर जुम्लामा एक युवकको मृत्यु

जुम्ला– जुम्लामा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

पत्रकार खेम भण्डारी कञ्चनपुरबाट पक्राउ

कञ्चनपुर – कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला

मात्रा नमिलाई आँप खाँदा हुनसक्छ स्वास्थ्य समस्या

काठमाडौँ- यतिबेला बजारमा आँपको किनबेच निकै बढेको छ । वर्षायामको

रास्वपामा मनोनयनको सकस : ५१ पदका लागि रविसामु १०० भन्दा बढीको लिस्ट

काठमाडौँ- बुधबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको बैठकमा