सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट « Khabarhub

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको हो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौता अनुसार असोज ५ गतेभित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने चेतावनी दिए ।

यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको जिकिर गरे । भाद्र ६ गते भएको सहमति अनुसार नै टिओआरमा राखौँ भन्दा एमाले नेताहरुले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

नेताहरुले पार्टीभित्र छलफल गरेर पुनः उच्चस्तरीय छानबिन आयोगबारे छलफल गर्ने जनाएका छन् । यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो । तर सहमति अनुसार गठन हुन नसकेको भन्दै एमालेले आत्ति जनाएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ३५ बजे

विराटनगरमा भेट भए कोशी र गण्डकीका मुख्यमन्त्री

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र गण्डकी प्रदेशका मुख्यमन्त्री

हुरीबतास र चट्याङ बढेसँगै सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– हुरीबतास तथा चट्याङका घटना बढ्न थालेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा

पूर्वअर्थमन्त्री कार्कीसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, तीन अर्ब ६२ करोड बिगो मागदाबी

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग

सीमा नाकामा कडाइ गरिएपछि महोत्तरीमा तस्करी नियन्त्रण

जलेश्वर– भारतसँग खुला सीमा जोडिएको महोत्तरी जिल्लामा पछिल्ला दिनमा सुरक्षाकर्मीले

तुइन खोलामा ढुंगो खसेर लाग्दा कारमा आगलागी, जलेर पूरै नष्ट

मुग्लिङ, चितवन- पृथ्वी राजमार्गअन्तर्गत नारायणगढ–मुग्लिङ सडक खण्डमा बुधबार दिउँसो कारमा