सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट « Khabarhub

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै एमाले असन्तुष्ट


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको हो । छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौता अनुसार असोज ५ गतेभित्रै आयोग गठन हुनुपर्नेमा नभएको भन्दै आपत्ति जनाए । उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने चेतावनी दिए ।

यता नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको जिकिर गरे । भाद्र ६ गते भएको सहमति अनुसार नै टिओआरमा राखौँ भन्दा एमाले नेताहरुले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए ।

नेताहरुले पार्टीभित्र छलफल गरेर पुनः उच्चस्तरीय छानबिन आयोगबारे छलफल गर्ने जनाएका छन् । यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो । तर सहमति अनुसार गठन हुन नसकेको भन्दै एमालेले आत्ति जनाएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ७ : ३५ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी