सरकार र शिक्षक महासङ्घबीच सहमति (सहमतिको पूर्णपाठसहित) | Khabarhub Khabarhub

सरकार र शिक्षक महासङ्घबीच सहमति (सहमतिको पूर्णपाठसहित)


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्तामा सहमति भएको छ । आज बिहानदेखि भएका अनौपचारिक वार्ता र गृहकार्यलाई मूर्तरुप दिँदै ६ बुँदामा सहमति भएको हो ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा भएको वार्तामा सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका व्यवस्थाहरुमा संविधानसँग नबाझिने गरी महासङ्घका मागलाई अधिकतम् सम्बोधन गराउन सरकारले सहजीकण गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सञ्चारकर्मीलाई जानकारी दिइन् ।

मन्त्री शर्माले सहमतिसँगै विभिन्न जिल्लाबाट आन्दोलनका लागि काठमाडौँ आएका समुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु घर फर्कने स्पष्ट गर्दै संविधानमो भएको व्यवस्थाबमोजिम स्थानीत तहको सञ्चालनअन्तर्गत विद्यालय रहने विषयमा कानुनले केही गर्न नसक्ने बताइन् ।

सार्वभौम संसदमा दर्ता भइसकेको विधेयक फिर्ता नहुने जनाउँदै उनले कार्यान्वयनका क्रममा कसरी व्यवस्थित र सहजीकरण गर्न सकिन्छ भन्ने सवालमा सरकार सकारात्मक रहने पनि बताइन् । आज बिहान कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वार्तालाई आजै टुङ्गोमा पुर्‍याउने गरी लाग्न सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका थिए ।

सङ्घीय संसदमा गत भदौ २७ गते दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाउँदै महासङ्घले यही असोज ३ गतेदेखि काठमाडौँ सडक केन्द्रित आन्दोलन जारी राखेको छ ।

महासङ्घले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तीभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।

 

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : १० बजे

प्रतिनिधि सभा बैठक बस्दै, जलस्रोत विधेयक प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं– प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संसद्

जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज

काठमाडौं–  तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ

फाइनल अगाडि विश्वकपमा कसले कति चौका र छक्का हिर्काए ?

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनल अगाडिका ५४ वटा

कोपा अमेरिका : पानामाले अमेरिकालाई हरायो

काठमाडौं– पानामाले अमेरिकामाथि शानदार जित हासिल गरेको छ । कोपा

सिन्धुपाल्चोकको हेलम्बुमा ४.२ रेक्टरको भूकम्प

काठमाडौं– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  गएराति