सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’ | Khabarhub Khabarhub

सुरक्षा व्यवस्था सुदृढ गर्न ‘सुरक्षित कर्णाली विशेष अभियान’


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली – नेपाल प्रहरीले थालेको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रभावकारी बन्दै गएको छ । अभियानपश्चात् नागरिक समस्याका सूचना सहजै प्रहरीसम्म पुग्न थालेका छन् ।

कर्णाली प्रदेश सरकारको समन्वयमा प्रदेश प्रहरी कार्यालय सुर्खेतले चार महिना अघि सुरुआत गरेको अभियानले प्रहरीसम्म जनताको सहज पहुँच विस्तार भएको छ । खासगरी कर्णालीको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न र यहाँका नागरिकको शान्ति सुरक्षाको अवस्थालाई मजबुत पार्न ‘सुरक्षित कर्णाली विशेष अभियान’ थालिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार कर्णाली प्रदेशमा एक लाख ६० हजारभन्दा बढी घरधुरीमा स्टीकर टाँसी सकिएको छ । यसले सूचना सङ्कलन गर्न तथा शान्ति सुरक्षालाई थप व्यवस्थित बनाउन सहयोग मिलेको छ । प्रदेश प्रहरीले कर्णाली प्रदेशका दुई सय स्थानमा ट्राफिक सचेतना बोर्ड र प्रदेशका २९ स्थानमा डमी ट्राफिकसमेत राखिएको प्रहरी नायब महानिरीक्षक ढकालले बताए ।

त्यसैगरी, प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी गण, प्रदेश ट्राफिक कार्यालयको निरीक्षण गर्न सुर्खेत आइपुगेका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले प्रदेश सरकारसँगको समन्वयमा प्रारम्भ गरिएको ‘सुरक्षित कर्णाली विशेष अभियान’ प्रशंसायोग्य भएको बताए। कर्णालीको सुरक्षा व्यवस्था मजबुत बनाउन थालिएको अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने जनाउँदै उनले भने, “यो अभियानले कर्णालीका नागरिकलाई प्रहरीसम्मको पहुँच विस्तार र उनीहरूसँगको सम्बन्ध थप प्रगाढ हुने मैले देखेको छु । यसमा अँझै तपाईहरू नागरिकको शान्ति सुरक्षामा आफ्नो सक्रियता बढाउनुस् ।”

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णालीमा प्रहरीको दरबन्दी कम हुँदाका बाबजुद पनि प्रहरीले राम्रोसँग काम गरिरहेको बताए । मन्त्री जिसीले भने, “प्रदेश प्रहरीसँग दरबन्दी बमोजिम आवश्यक जनशक्ति छैन । स्रोत, साधनको अभाव र भौगोलिक विकटता हुँदा पनि शान्ति सुरक्षा कायम र समाजमा हुने अपराध न्यूनीकरणमा अहोरात्र खटिरहेको देखेको छु । प्रहरीको प्रशंसा गर्न लायक काम छ ।”

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ८ : ३८ बजे

एनओ अमेरिकी समितिमा नयाँ नेतृत्व

काठमाडौं– विभिन्न देशमा बसोबास गर्दै आएका नेपाली ‘ओरिजिन’हरूको संस्था एशोसिएसन

जेन-जी आन्दोलनलाई ‘प्रतिगामी षड्यन्त्र’ भन्दै पालिकातिर एमाले, यस्ता छन् सात नारा

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि अन्तरिम

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं–  रूपन्देहीको  बुटवल उपमहानगरपालिका-२ फूलबारी बस्ने ५५ वर्षीया अनिता विश्वकर्माको घरमा विद्युत्

बनेपाबाट सात जना जुवाडे पक्राउ

काभ्रेपलाञ्चोक–  बनेपा नगरपालिका-४ ब्रमायणी पार्कबाट जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ तीनधारा

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

डोटी– १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दिपायल सिलगढी नगरपालिका-१ ढार्चुम्मा