नवदुर्गा मध्येको आठौँ रुप महागौरी | Khabarhub Khabarhub

नवदुर्गा मध्येको आठौँ रुप महागौरी


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।

बडादसैँ अन्तर्गत आज नवरात्रको आठौँ दिन । यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजाआराधना गरिँदै छ ।

माता दुर्गाको आठौँ स्वरुपलाई महागौरी भनिन्छ । यस रुपमा उनको पुरै शरीरको रङ्ग सेतो र उनले धारण गरेको सम्पूर्ण वस्त्र आभूषणहरु पनि सबै सेतै छन् ।

उनका चारवटा हातहरू छन् र बाहन साँढे हो । उनले दाहिने तर्फको दुबै हातमा वरमुद्रा र त्रिशूल लिएकी छिन् भने वायाँतर्फका हातमा डमरु तथा अभयमुद्राले सुसज्जित भएकी छिन् । 

नवरात्रको आठौँ दिनमा उनको पूजा गर्ने चलन छ । उनको पुजन अमोध तथा सधैँ फलदायी सिद्ध भएको छ । माता गौरीको पुजनबाट भक्तजनलाई चारैतिरबाट कल्याण हुनुकासाथै पहिलेको सबै पापकर्मको पनि नास हुँदै जान्छ ।

उनको कृपाबाट अद्भूत र अलौकिक सिद्धि प्राप्त हुन्छ । जुन मानिसले सधैँ माता गौरीको भक्ति गर्दछन् उनीहरुको सबै मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ । शास्त्र, पुराणहरूमा उनको महिमाको धेरै वर्णन भएको पाइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ११ : ०९ बजे

व्यापार विविधिकरणमा आर्थिक मुद्दाको पहिचान गर्नुपर्छ

हाम्रो व्यापारमा सुरक्षा पनि पर्छ। सुरक्षाको कुरामा हाम्रो मुद्दा के

दूध बिक्री नभएपछि किसान चिन्तित

गोरखा– गोरखामा उत्पादित दूध बिक्री नभएपछि स्थानीय किसान चिन्तित भएका

निर्वाचन आयोगका पदाधिकारीले भूकम्पपीडितलाई सहयोग गर्ने

काठमाडौँ- जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पबाट

पालमा बस्दै आएकी बालिकाको चिसोले मृत्यु

जाजरकोट– कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ ।

मूल्य निर्धारण नहुँदा सस्तोमा उखु बेच्न किसान बाध्य

सर्लाही- सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा