नवदुर्गा मध्येको आठौँ रुप महागौरी « Khabarhub

नवदुर्गा मध्येको आठौँ रुप महागौरी


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।
महागौरी शुभं दद्यान्महादेवप्रमोददा ।।

बडादसैँ अन्तर्गत आज नवरात्रको आठौँ दिन । यस दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजाआराधना गरिँदै छ ।

माता दुर्गाको आठौँ स्वरुपलाई महागौरी भनिन्छ । यस रुपमा उनको पुरै शरीरको रङ्ग सेतो र उनले धारण गरेको सम्पूर्ण वस्त्र आभूषणहरु पनि सबै सेतै छन् ।

उनका चारवटा हातहरू छन् र बाहन साँढे हो । उनले दाहिने तर्फको दुबै हातमा वरमुद्रा र त्रिशूल लिएकी छिन् भने वायाँतर्फका हातमा डमरु तथा अभयमुद्राले सुसज्जित भएकी छिन् । 

नवरात्रको आठौँ दिनमा उनको पूजा गर्ने चलन छ । उनको पुजन अमोध तथा सधैँ फलदायी सिद्ध भएको छ । माता गौरीको पुजनबाट भक्तजनलाई चारैतिरबाट कल्याण हुनुकासाथै पहिलेको सबै पापकर्मको पनि नास हुँदै जान्छ ।

उनको कृपाबाट अद्भूत र अलौकिक सिद्धि प्राप्त हुन्छ । जुन मानिसले सधैँ माता गौरीको भक्ति गर्दछन् उनीहरुको सबै मनोकामना पूर्ण हुने धार्मिक विश्वास छ । शास्त्र, पुराणहरूमा उनको महिमाको धेरै वर्णन भएको पाइन्छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ११ : ०९ बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले