त्रिकोणात्मक टी-२० : युएईद्वारा हङकङ पराजित « Khabarhub

त्रिकोणात्मक टी-२० : युएईद्वारा हङकङ पराजित


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


492
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले हङकङलाई ६ विकेटले पराजित गरेको छ । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा हङकङले युएईलाई जितका लागि दिएको एक सय ५० रनको चुनौती यूएईले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । युएईका लागि कप्तान मोहम्मद वासिमले १७ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४० रन बनाए भने खालिद शाहले ३७ रनको योगदान दिए । 

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४९ रन बनायो । हङकङका लागि बाबर हायातले ४५ बल खेल्दै तीन चौका र पाँच छक्काको मद्दतमा ६६ रन बनाए । त्यस्तै  एजाज खानले ४८ रन बनाए । यी दुवै खेलाडीले चौथो विकेटका लागि एक सय १४ रनको साझेदारी गरेका थिए । 

युएईका जहुर खानले तीन विकेट लिए भने निलांश केश्वानीले दुई विकेट झारे । सिरिजअन्तर्गत भोलि नेपाल र युएईबीच खेल हुनेछ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ३ : ४९ बजे

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,