युक्रेन मेल डिपोमा रुसी हमलामा छ जनाको मृत्यु « Khabarhub

युक्रेन मेल डिपोमा रुसी हमलामा छ जनाको मृत्यु


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

किभ– युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा उक मेल डिपोलाई निशाना बनाउँदै रुसले शनिबार मिसाइल आक्रमण गर्दा कम्तीमा हुलाकका छ कर्मचारी मारिएको र अन्य १६ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा राखेकाे भिडियोमा भग्नावशेषले घेरिएको क्षतिग्रस्त गोदाम र युक्रेनको हुलाक अपरेटर नोभा पोश्ताको लोगासहितको एउटा कन्टेनर देखिन्छ । 

‘अतिक्रमणकारीहरूको आक्रमणबाट सबै छ जनाको मृत्यु र १४ जना घाइते भएका छन्, उनीहरू सबै नोभा पोश्ता टर्मिनलभित्र थिए’, खार्किभ क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले भने, ‘मारिने र घाइतेहरूको उमेर १९ देखि ४२ वर्षबीचका रहेका छन् उनीहरूलाई छर्रा र विस्फोटबाट चोट लागेको थियो ।’

घाइतेको अस्पतालमा उपचार भइरहेको छ । गभर्नर सिनेगुबोभका अनुसार  सात जनाको अवस्था गम्भीर छ । ‘चिकित्सकहरू उनीहरूलाई बचाउन प्रयास गरिरहेका छन्’, उनले भने। 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ४ : ३५ बजे

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा