थारु बस्तीमा सखिया नाचको रौनक « Khabarhub

थारु बस्तीमा सखिया नाचको रौनक


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

दोधाराचाँदनी– यतिबेला थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैँको आगमनसँगै थारु समुदायको घरघरमा अबेर रातिसम्म मादल घन्किने गर्दछ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सीता चौधरी दिनभर काममा व्यस्त भए पनि राति अबेरसम्म सखिया नाचमा झुम्छन् ।

सीतागायत गाउँका सबैजना साँझ आठ बजे बडघरको आँगनमा जम्मा हुने गर्दछन् । त्यहाँ प्रत्येक साँझ सखिया नाच्छन् । “साँझ खाना खाएर सबै जना बडघरको आगनमा जम्मा भएर सखिया नाच्छौँ ।” उनले भनिन्, “सखिया नाच्ने अधबैंसे र तन्नेरी युवायुवती सबै हुन्छौँ ।” उनले दसैँसुरुआत भएसँगै थारु समुदायमा सखिया नाचको रौनक छाउने गरेको बताइन्।

“यो नाचमा गाउँका सबैले अनिवार्य उपस्थिति हुनुपर्छ नआउनेले जरिवाना तिर्नुपर्छ,” सीताले भनिन्, “सखिया नाच सुरु नभएसम्म गाउँमा दसैँ आएको आभासनै हुँदैन ।” उनले पहिलेको पुस्ताले दसैँ आउनुभन्दा एक महिना अगाडि देखिनै सखिया नाच्ने गरे पनि पछिल्लो सयम यो नाच छोट्टिँदै गएको बताइन्। “अहिले दसैँसम्म मात्रै नाचिन्छ पहिलेको पुस्ताले एक महिनाअघिबाटै सखिया नाच्न सुरु गर्थे,” उनले भनिन्, “हाम्रो सांस्कृतिक परम्परा एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न जरुरी छ ।” 

थारु समुदायमा दसैँमा सखिया नाचको विषेश महत्त्व हुने देवी चौधरीले बताइन् । “सखिया नाच नभएपछि गाउँमा दसैँ आएको हो कि होइन थाहा हुँदैन ।” उनले भनिन्, “थारू भाषामा सखीको अर्थ साथीसङ्गी हुन्छ, गाउँका सबै साथीसङ्गी मिली नाचिने भएकाले यसको नाम सखिया हुन गएको हो ।”  

सखिया नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने स्थानीय लक्ष्मीरा चौधरीले बताइन् । उनका अनुसार सखिया नाच्ने युवतीले सेतो रङको फरिया र रातो रङको चोलिया लगाउने गर्छन् भने केटाले सेतो रङको धोती र रुचि अनुसारको रङको कमिज लगाउने गर्छन् । ‘गीत नसकिएसम्म नाच सकिँदैन यो धेरै लामो हुन्छ गीत सकिएपछि मात्र नाच सकिन्छ ।’ उनले भनिन्, ‘गीत गाउने चलन छुट्टै छ, सुरुआतमा गाउनुपर्ने गीत दोस्रो दिन वा अन्तयमा गाउन मिल्दैन ।’

प्रायः पुरुषले मादल बजाउने र युवतीले नाँच्ने प्रचलन यो समुदायमा रहिआएको छ । आउने पिँढीलाई आफ्नो संस्कृतिप्रति लगाव बढाउन पनि सखिया नाचमा युवापुस्ता सहभागी गराउने गरेको उनले बताइन्।

‘आफ्नो संस्कृतिको जगेर्नासँगै आपसी भाइचारा बढाउन पनि सखिया नाच नाच्ने गरिन्छ,’ उनले भनिन्, ‘हाम्रो समुदायमा दसैँ धुमधामका साथ मनाउने गरिन्छ, अन्य समुदायले दशमीका दिन जमरा लगाए पनि थारु समुदायले नवमीबाटै जमरा लगाउने चलन छ ।’

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन सुरु भए पनि दसैँमा यसको रौनक छुट्टै हुने थारू अगुवा बताउँछन् । सखिया नाचमा गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन रहेको छ । 

दसैँका बेला घरघरमा गएर सखिया नाच्ने प्रचलनले आपसी सम्बन्ध बलियो बनाउने र समुदायमा भाइचाराको सम्बन्ध स्थापित हुने विश्वास यो समुदायमा रहेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ६ : ०४ बजे

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला

चितवन महोत्सव : हात्तीलाई १५ परिकारको भोज खुवाएर सम्पन्न (तस्बिरहरू)

काठमाडौं– चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी तीव्र

बागमती– निर्वाचन आयोगले आगामी माघ ११ गते हुने भनिएको राष्ट्रियसभा

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक