आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने « Khabarhub

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यस्तै, आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागको मौसम सफा रहने छ ।

विभागले देशभरको तापक्रम क्रमिक रुपमा घटिरहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज सूर्योदय ६ बजेर ३० मिनेटमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ६ : १८ बजे

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले