‘तस्करी गरेर राज्यले पैसा कमाउनु हुँदैन’ « Khabarhub

‘तस्करी गरेर राज्यले पैसा कमाउनु हुँदैन’



हाम्रो राजस्वको प्रमुख स्रोत भन्सार हो । संरक्षण र नियन्त्रणको लागि भन्दा पनि आयकै स्रोत भन्सार हुने परिस्थिति देशमा रहेको छ। यसअघि आएको प्रसंग थप्छु म, पञ्चायतकालदेखि नै राज्यले तस्करी गरेर आम्दानी गर्नेक्रम अद्यावधिक रूपमा चलिरह्यो। तस्करी र अपराधसँग क्रस बोर्डर मिटिङहरू बस्दा लज्जित हुनुपर्ने अवस्थामा हामी पटकपटक पुगेका छौं।

चाहे त्यो सुपारीको केशमा होस् वा पोस्ता दानाको कुरामा, यहाँ ठुलो समस्या छ। पहिला बेरिङको विषयमा हुन्थ्यो। भारतले संरक्षण गरेको कुरामा तस्करी गरेर दुई पैसा कमाउने राज्यले ! त्यो कमाउने क्रममा देशको आयातमा आपराधिक संलग्नता देखियो। त्यसको प्रभाव देखियो रक्त चन्दनमा। हतियार सप्लाइ र रक्तचन्दन यताउता हुने भयो।

पञ्चायतकालदेखि नै राज्यले तस्करी गरेर आम्दानी गर्नेक्रम अद्यावधिक रूपमा चलिरह्यो। तस्करी र अपराधसँग क्रस बोर्डर मिटिङहरू बस्दा लज्जित हुनुपर्ने अवस्थामा हामी पटकपटक पुगेका छौं।

यो भारतले सधै गुनासो गर्ने विषय हो। भारतसँग बैठकमा बस्दा हामीले सधैँ शिर झुकाउनु पर्ने अवस्था आयो। हामीले तस्करी नियन्त्रण गर्न नसक्दा शिर झुकाउनु परेको हो। यस्तो परिस्थितिमा अहिले फेरि हामी गाँजा खेती गर्ने कुरा गरिरहेका छौँ।

यसलाई उसले कसरी हेर्ने हो ? कूटनीतिमा कसरी असर गर्ने हो ? हाम्रो भनाइ कसरी बलियो बनाउने हो ? हामीले गाँजा उत्पादन गरेर कहाँ लगेर बेच्ने हो ? यी गम्भीर प्रश्न हुन्।

अहिले राज्य संयन्त्र र सामाजिक संजालमा हेर्ने हो भने जनता नै पनि नेपालले गाँजा उत्पादन गरेर धन ल्याउनुपर्छ भन्ने कुराको भाष्य नै स्थापना गर्न खोज्दैछन् भन्ने देखिन्छ । यो मार्गमा जाँदा पक्कै टेबुलमा बस्दा हामी मार्कामा पर्छौं।

यो विषयमा भारतले सधै गुनासो गर्ने विषय हो। भारतसँग बैठकमा बस्दा हामीले सधैँ शिर झुकाउनु पर्ने अवस्था आयो। हामीले तस्करी नियन्त्रण गर्न नसक्दा शिर झुकाउनु परेको हो। यस्तो परिस्थितिमा अहिले फेरि हामी गाँजा खेती गर्ने कुरा गरिरहेका छौँ।

यो तस्करीहरू सानो तिनो भइराखेको छ नि भन्दा उत्पादक जनशक्ति यो अपराधमा संलग्न भएका छन् । जसले हाम्रो लगभग आत्मनिर्भर बनेको पोल्ट्री व्यवसाय अब धरासायी हुने स्थितिमा छ। झन्डै दुई तीन लाख मान्छेबाट ४० प्रतिशत उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्। इन्डियाबाट पोल्ट्री आयात भइरहेको छ।

जब राज्यले संरक्षण गरेको पोस्ता दानादेखि लिएर सुपारीको बाटोमा अपराधी छिरेपछि त्यहाँबाट विभिन्न समस्याहरू आउँछन्। यो सबै कुरा रोक्नलाई राज्य आफै आँखा चिम्लिने भएपछि घटनाहरू हुन्छन्। त्यसपछि ठुलाठुला प्रतिबन्धको अवस्था हामीले स्वीकार गर्नुपर्छ।

सुपारीको बाटोबाट अपराधी छिरेपछि विभिन्न समस्याहरू आउँछन्। यो सबै कुरा रोक्नलाई राज्य आफै आँखा चिम्लिने भएपछि घटना हुन्छन्।

हामीले विशेष गरी चित्त दुख्ने गरेर अदुवाबाट भोगी सकेको छौँ। यो क्रमलाई रोक्न राज्यले यस्तो लोभ गर्नु हुँदैन। सुपारी ल्याएर तस्करी गराएर देशमा ३०/४० हजार मान्छेलाई रोजगारी दिएर दिनको एक दुई हजार कमाउने र साँझ बियर खाने अवस्थामा जनशक्तिलाई बिगार्ने काम गर्नु हुँदैन। राज्यले नै यस्ता कुरालाई नियन्त्रण गर्नुपर्छ।

(आईएसएसआर र खबरहबको आयोजनामा भएको ‘आर्थिक कूटनीति र सीमा सुरक्षा विषयक अन्तरक्रिया’ कार्यक्रममा नेपाल प्रहरीका पूर्व अधिकारी रवीन्द्रनाथ रेग्मीले राख्नुभएको धारणाको सम्पादित अंश )

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ९ : २० बजे

पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित : सीबीफीन

काठमाडौं– पेशाकर्मीलाई अपराधीकै शैलीमा नियन्त्रणमा लिँदा बैंकिङ क्षेत्र त्रसित भएको

भारत र यूएईबीच एलपीजी ग्यास आपूर्ति सम्झौता, मोदीलाई एफ-१६ फाइटर जेटले दिए सुरक्षा

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यूएई भ्रमणका क्रममा शुक्रबार

‘एक मुठ्ठी बादल’ र ‘लाइफ ड्यामेज’ प्रदर्शनमा आएसँगै हलमा ६ नेपाली फिल्म

काठमाडौं – नायिका आँचल शर्मा स्टारर फिल्म ‘एक मुठ्ठी बादल’

चितवनमा डेंगु र स्क्रब टाइफसका संक्रमित बढे

चितवन– चितवनमा डेंगु र स्क्रब टाइफस संक्रमण बढ्दो क्रममा देखिएको

राष्ट्रपति भन्छन् : देशको आर्थिक अनुशासन खस्किएको महसुस भएको छ

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बेरुजु फर्छ्यौट गरी वित्तीय अनुशासन कायम