नयाँ प्रधानमन्त्री चुन्न नेदरल्याण्ड्समा निर्वाचन हुँदै « Khabarhub

नयाँ प्रधानमन्त्री चुन्न नेदरल्याण्ड्समा निर्वाचन हुँदै


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेग- नेदरल्याण्ड्समा नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार निर्वाचन हुँदैछ । गत जुलाई महिनामा मध्य दक्षिणपन्थी प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन भएको हो ।

आप्रवासन नियन्त्रणका विषयलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट पैदा भएपछि रुटले राजीनामा दिन बाध्य भएका थिए । राजीनामा दिनुअघि रुटले डच प्रधानमन्त्रीका रुपमा १३ वर्ष जिम्मेवारी निर्वाह गरेका थिए । मत सर्वेक्षणले कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणमा कुनै पनि पार्टीले २० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्ने सम्भावना देखिएको छैन । यद्यपि मध्य वामपन्थी लेबर पार्टी र उग्र दक्षिणपन्थी पार्टी अफ फ्रिडमले अग्रता लिने सम्भावना रहेको मत सर्वेक्षणले देखाएको छ ।

यद्यपि यस निर्वाचनमा रुटको पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसीले पनि अग्रता लिनसक्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै