नयाँ प्रधानमन्त्री चुन्न नेदरल्याण्ड्समा निर्वाचन हुँदै « Khabarhub

नयाँ प्रधानमन्त्री चुन्न नेदरल्याण्ड्समा निर्वाचन हुँदै


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

हेग- नेदरल्याण्ड्समा नयाँ प्रधानमन्त्री चयनका लागि बुधबार निर्वाचन हुँदैछ । गत जुलाई महिनामा मध्य दक्षिणपन्थी प्रधानमन्त्री मार्क रुटले राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्री चयनका लागि निर्वाचन भएको हो ।

आप्रवासन नियन्त्रणका विषयलाई लिएर सत्तारुढ गठबन्धनमा खटपट पैदा भएपछि रुटले राजीनामा दिन बाध्य भएका थिए । राजीनामा दिनुअघि रुटले डच प्रधानमन्त्रीका रुपमा १३ वर्ष जिम्मेवारी निर्वाह गरेका थिए । मत सर्वेक्षणले कुनै पनि पार्टीले स्पष्ट बहुमत ल्याउन नसक्ने देखिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएअनुसार मत सर्वेक्षणमा कुनै पनि पार्टीले २० प्रतिशतभन्दा धेरै मत प्राप्त गर्ने सम्भावना देखिएको छैन । यद्यपि मध्य वामपन्थी लेबर पार्टी र उग्र दक्षिणपन्थी पार्टी अफ फ्रिडमले अग्रता लिने सम्भावना रहेको मत सर्वेक्षणले देखाएको छ ।

यद्यपि यस निर्वाचनमा रुटको पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसीले पनि अग्रता लिनसक्ने सम्भावना देखिएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १२ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी