थाइल्याण्डमा छेपारोको प्रकोप « Khabarhub

थाइल्याण्डमा छेपारोको प्रकोप


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

बैङ्कक- थाइल्याण्डको ग्रामीण इलाकाहरूमा उपद्रो गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्‍याउने १ सय ५० भन्दा बढी इग्वाना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् । इग्वाना छेपारोहरु थाइल्याण्डका रैथाने होइनन् । मुख्यगरी मध्य र दक्षिण अमेरिकामा पाइने इग्वाना थाइल्याण्डमा घरपालुवा जनावरका रुपमा लोकप्रिय छन् ।

घरबाट भागेका र जानाजान जङ्गलमा छोडिएका इग्वानाका कारण थाइल्याण्डमा वातावरणीय चिन्ता उत्पन्न भएको छ । थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डीएनपी) ले मङ्गलबार बैङ्ककबाट एक सय ६० किलोमिटर उत्तरमा रहेको पटाना निकोम जिल्लाको लोपबुरीमा एक सय ३४ इग्वाना समातिएको बताएको छ ।

मुलुकको उत्तरपूर्वमा रहेको उडोन थानीमा थप छ वटा र अन्य स्थानबाट थप २३ वटा इग्वाना फेला परेका छन् । “धेरै इग्वाना लोबुरी प्रान्तको जङ्गलमा बस्दै आएका छन् र कृषकहरूको कृषि उपजलाई नष्ट गरिरहेका छन्”, डीएनपीको एक विज्ञप्तिमा भनिएको छ, “तीव्र रूपमा बढिरहेको इग्वानाको सङ्ख्याले पर्यावरण र पारिस्थितिकीय प्रणालीलाई असर गरिरहेको छ, यसबाट स्थानीय बासिन्दालाई समस्या भइरहेको छ ।”

एक दशमलव पाँच मिटरभन्दा बढी लामो हुनसक्ने चिसो रगत भएका इग्वानालाई बैङ्ककको उत्तरपूर्वी नाखोन नयोकस्थित वन्यजन्तु केन्द्रहरूमा राखिने छ । डीएनपीका अनुसार ६१ प्रान्तका करिब दुई सय ६० व्यक्तिले अधिकारीहरूलाई उनीहरूसँग तीन हजार छ सयभन्दा बढी इगुआना भएको जानकारी दिएका छन् ।

यसै साताको सुरुमा अधिकारीहरूले वातावरणीय सरोकारका कारण यस्ता जीवमाथिको आयातमा प्रतिबन्ध लगाएका छन् । अधिकारीहरूका अनुसार उल्लङ्घन गर्नेलाई अधिकतम १० वर्ष जेल र १० लाख भाटसम्म जरिवाना हुनेछ ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  १ : ०३ बजे

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा करिब तीन हजारजना पक्राउ

जनकपुरधाम– प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष अभियान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक सम्मान

काठमाडौं– नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ

भण्डारणमा गम्भीर गल्ती: आल्मुनियम फोइलमा कहिल्यै राख्न नहुने खानेकुरा

काठमाडौँ – भान्छामा पाकेको खाना तातो राखिराख्न वा भण्डारण गर्न

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

लागूऔषधसहित एक युवक पक्राउ

झापा– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक युवकलाई पक्राउ गरेको छ