६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ? | Khabarhub Khabarhub

६० वर्षअघि आजकै दिन भएको थियो अमेरिकी राष्ट्रपति केनेडीको हत्या, को थिए हत्यारा ?


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

६० वर्षअगाडि आजकै दिन अमेरिकका ३५ औँ राष्ट्रपति जोन एफ केनेडीको हत्या भएको थियो । सन् १९६३ नोभेम्बर २२ का दिन टेक्सस राज्यको डालसमा उनको गोली हानी हत्या गरिएको थियो ।

राष्ट्रपति केनेडीको हत्या भएको घटनालाई अमेरिकामा २० औँ शताब्दीकै सबैभन्दा सनसनीपूर्ण राजनीतिक घटनाका रुपमा लिने गरिन्छ । उनको हत्या भएको घटनाले त्यसबेला अमेरिकामात्रै नभई पूरा विश्व नै चकित र स्तब्ध भएको थियो ।

यसरी भएको थियो केनेडीको हत्या

सन् १९६३ नोभेम्बर २१ कादिन अमेरिकी राष्ट्रपति केनेडी श्रीमती ज्याकलिन र उपराष्ट्रपति लिण्डन बी जोनसनसँगै २ दिने टेक्सस भ्रमणमा निस्केका थिए । नोभेम्बर २२ को बिहान झरी परिरहेका बेला उनले फोर्ट वर्थस्थित आफू बसेको टेक्सस होटेलको पार्किङ लटमा समर्थकहरुलाई सम्बोधन गरेका थिए ।

हत्या हुनु केही घण्टाअघि फोर्ट वर्थमा सम्बोधन गर्दै रष्ट्रपति केनेडी तस्वीर- रोयटर्स

त्यसपछि उनी डालस जानका लागि नजिकैको कार्सवेल हवाइअड्डातर्फ लागे । केनेडी राष्ट्रपतीय जहाज एअर फोर्स १ बाट १३ मिनेटको उडानपछि डालसस्थित लभ फिल्ड विमानस्थल पुगे । समर्थकहरुसँग केही समय हात मिलाएपछि केनेडी दम्पत्ति त्यहीँ नजिकै रोकिराखेको मोटरमा चढे ।

डालसस्थित लभ फिल्ड विमानस्थलमा समर्थकहरुसँग केनेडी दम्पत्ति/तस्वीर-रोयटर्स

टेक्सस राज्यका गभर्नर जोन कोनली र उनकी श्रीमती नेली त्यही मोटरको अघिल्तिरको सिटमा बसेर उनीहरुलाई पर्खिरहेका थिए । डालसमा त्यस बेला पानी पर्न रोकिएकाले उनीहरु चढेको मोटरको छत हटाइएको थियो । उपराष्ट्रपति जोनसन भने अर्को मोटरमा सवार थिए ।

उनीहरुले त्यही मोटरमा १० माइलको यात्रा गर्ने तय भएको थियो । उनीहरुलाई स्वागत गर्न सडकभरी हजारौँ मानिसहरुको भीड जम्मा भएको थियो । करिब साढे १२ बजेतिर उनीहरुको मोटर मेन स्ट्रिटको डेली प्लाजाबाट टेक्सस स्कुल बुक डिपोजेटरीतिर मोडियो । उक्त डेपोजेटरी पुग्दै गर्दा एक्कासी गोली चल्न थाल्यो ।

राष्ट्रपतिको टाउको र घाँटीमा गोली लाग्यो भने गभर्नरको ढाडमा पनि गोली लाग्यो । राष्ट्रपतिको मोटरसँगै अर्को मोटरमा सवार उपराष्ट्रपति जोनसनलाई हृदयघात भयो । आठ वर्षअघि पनि उनलाई त्यसैगरी हृदयघात भएको थियो ।

गोली लागेका राष्ट्रपति सवार मोटर नजिकैको पार्कल्याण्ड मेमोरियल अस्पतालतर्फ तीव्र गतिमा हुँइकियो । उनको स्वास्थ्य अवस्था बिग्रिसकेको थियो । चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । राष्ट्रपति केनेडीलाई १ बजे मृत घोषित गरियो । गम्भीर घाइते भएपनि गभर्नर कोनली पछि गएर स्वस्थ भए ।

राष्ट्रपतिको मृत शरीरलाई वाशिंटन लैजान लभ फिल्ड विमानस्थलमा पुर्‍याइयो । केनेडीको मृत शरीरलाई वाशिंटन लैजादै गर्दा विमानभित्रै उपराष्ट्रपति जोनसनलाई २ बजेर ३८ मिनेटमा नयाँ राष्ट्रपतिको सपथ खुवाइयो ।

पछि नोभेम्बर २५ का दिन राजकीय सम्मानका साथ आर्लिङ्टन स्मारक समाधिस्थलमा उनको अन्त्येष्टि गरियो । उनको अन्त्येष्टि सभामा १ सय भन्दा धेरै मुलुकका राष्ट्र एवम् सरकार प्रमुखको उपस्थिति रहेको थियो भने अन्य लाखौँ मानिसले टेलिभिजनमार्फत् उनको प्रत्यक्ष प्रसारण हेरेका थिए ।

को थिए हत्यारा ?

केनेडीलाई संदिग्ध कम्युनिष्ट कार्यकर्ता एवम् अमेरिकी सेनाको मरिन कोरका पूर्वसैनिक ली हार्भी ओस्वाल्डले गोली प्रहार गरेको विश्वास गरिन्छ । केनेडीमाथि गोली प्रहार हुनेबित्तिकै सुरक्षाकर्मीले ओस्वाल्डलाई गिरफ्तार गरेका थिए ।

ली हार्भी ओस्वाल्ड डालस प्रहरीको हिरासतमा/ तस्वीर-पीबीएस

अमेरिकी संघीय जाँचबुझ ब्युरो तथा राष्ट्रपति जोनसनले गठन गरेको वारेन आयोगले पनि घटनामा ओस्वाल्डकै संलग्नता रहेको पुष्टि गरेको छ ।

पछि २४ नोभेम्बरका दिन डालस प्रहरी मुख्यालयबाट लैजाँदै गर्दा स्थानीय रात्रिक्लबका साहु ज्याक रुबीले ओस्वाल्डमाथि गोली प्रहार गरेका थिए । गोली लागी घाइते भएका उनको पछि मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ३ : ३३ बजे

युद्ध प्रभावितलाई उद्धार गर्न आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले युद्धमा परी विदेशमा मृत्यु भएकाहरूको

पूर्वमन्त्री शेर्पा एमाले जिल्ला उपाध्यक्षमा पराजित, शेरधनले बनाए पकड

भोजपुर-तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको