श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने « Khabarhub

श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कोलम्बो- श्रीलङ्कामा अर्को वर्ष राष्ट्रपतीय र संसदीय निर्वाचन हुने भएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घेले सन् २०२४ मा चुनाव गर्नेबारे  संसदलाई निर्वाचनबारे जानकारी दिएका हुन् ।

श्रीलङ्काली क्रिकेटमा देखा परेको सङ्कटसहित अन्य विषयबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घले यसबारे जानकारी दिएका हुन् ।

आफूले निर्वाचन स्थगन गर्न लागेको भन्ने आरोपलाई उनले अस्वीकार गरे । सरकारले सन् २०२५ मा प्रान्तीय परिषद् र स्थानीय सरकारको निर्वाचन गराउने उनको भनाइ छ ।

सरकारले निर्वाचन गराउनका लागि पर्याप्त बजेट नभएको घोषणा गरेपछि निर्वाचन आयोगले यसै वर्षको सुरुमा स्थानीय सरकारको निर्वाचनहरू अनिश्चितकालका लागि स्थगन गरेको छ ।

वृक्षरोपण, उद्यम सुधार तथा अर्थराज्यमन्त्री रञ्जीत सियाम्बलपतियाले भविष्यमा सम्भावित निर्वाचनहरूका लागि १० अर्ब रुपैयाँ (तीन करोड पाँच लाख अमेरिकी डलर) को बजेट विनियोजन गरिएको घोषणा गरे ।

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ५ : १० बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव